ज्ञान हुनेहरु नै सफलताकाे शिखरमा पुग्छन् : उत्प्रेरक कटवाल

-



     सफल आवाज    
     श्रावण १२ गते २०८० मा प्रकाशित



पोखरा, १२ साउन । पोखरा महानगरपालिका वडा नं १४ छिनेडाँडामा रहेको नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले नयाँ शैक्षिक सत्र २०८०÷०८१ का लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा शैक्षिक अभिमूखिकरण कार्यक्रम गरेको छ ।

१०७ विद्यार्थीसहित उनीहरुका अविभावकहरुलाई बोर्ड सदस्य कर्मा गुरुङ, अध्यक्ष अशोक पालिखे, प्रिन्सिपल प्रकाश रेग्मी, भाईस प्रिन्सिपल राजकुमार कार्कि, बीएचएम कोअर्डिनेटर जोक बहादुर थापा, प्लस टू कोअर्डिनेटर दीनेश कुमार यादव लगायतले फूलमाला र खादाले सम्मान स्वागत गरेका थिए ।

प्रिन्सिपल प्रकाश रेग्मीले विद्यार्थीको शैक्षिक विकासको लागि गरिएको ओरियन्टेशन कार्यक्रम निकै फलदायी र मार्गनिर्देशक भएको बताए ।

रेग्मीले कलेजमा नियमित कक्षाहरु हुनुका साथै प्रयोगात्मक कक्षाहरुको संचालन, सफ्ट स्किलका ट्रेनिङ, फिल्ड भिजिट, टीम बिल्डिङका कार्यक्रमहरु, गेष्ट लेक्चरहरु दिईरहेको बताए ।

उनले यसपटक ४५० जना विद्यार्थीले इन्ट्रान्स दिएकोमा इन्टरभ्यूबाट १०२ जना छनौट भएका, ५ जनाले स्कलरसिप पाएका गरी १०७ जना विद्यार्थीले भर्ना गरेको जानकारी दिए ।

प्रिन्सिपल रेग्मीले विद्यार्थीको लागि कलेजले फ्रि ट्रान्सपोर्टेशन, फ्रि वारिष्टा ट्रेनिङ, फ्रि चाईनिज भाषाको कक्षा लगायतका सुविधा दिएकाे बताए ।

कलेजले विभिन्न प्रकारका सेमिनार, तालिम व्यवहारिक वा प्रयोगात्मक कक्षाहरुलाई निरन्तरता दिईरहेको बताए । उनले सिक्ने र सिकाउने कुराहरुलाई प्राथमिकतामा राखेकोले आगामी दिनहरुमा पनि निरन्तरता दिईरहने बताए ।

“इन्सपाएर योरसेल्फ इन द सक्सेस पाथ” विषयक अभिमुखिकरणमा काठमाडौंबाट पोखरा आएका लाईफ कोच तथा कर्पोरेट एक्सपर्ट रबिन कटवालले मान्छे कर्म गर्नका लागि जन्मिएको बताउदै कुनै न कुनै प्रकारको काम गरिरहनु पर्ने बताए ।

विद्यार्थीले उच्च लक्ष्य प्राप्तिका लागि लगनशिल भएर अध्ययन, अनुसन्धान गर्ने र अविभावकले घरेलु काम नै किन नहोस् सामाजिक संजालमा समय खर्चनुभन्दा टपरि बनाउने, बत्ति कात्ने वा अन्य कुनै काम गरे अर्थको हिसाबले फाईदा हुने बताए ।

समयले मानिसलाई कुदाईरहेको छ । घडीको सेकेण्ड सुई झैं छिटोछिटो कुदाईरहेको छ तर त्यसको जम्मै जस मिनेट र घन्टामा सुईमा जान्छ । मान्छे पनि साच्चिकै मान्छे बन्नका लागि कुदेको कुदेई नगरिकन सुजबुझकासाथ सफलता प्राप्तिको शिखरमा पुग्न सकिने उनले बताए ।

तपाँईहरुले ठिक मार्ग पहिल्याउनु भएको छ । काउन्सिलर कटवालले भने, जिन्दगी जिउने शिक्षा लिन आउनु भएको छ । होटल म्यानेजमेन्टको अध्ययनमा लाग्नु भनेको इज्जत, प्रतिष्ठा, आतिथ्य, बलियो आर्थिक श्रोत लगायतका दायराहरु फराकिलो बनाउनु हो उनले भने। हस्पिटालिटीको क्षेत्र मन लगाएर अरुको मन जित्ने काम भएकोले मा सहि मार्गमा हिड्न आएकोमा खुसि व्यक्त गरे । कटवालले भने, जहाँ हृदयले काम हुन्छ, त्यहाँका विद्यार्थी असल हुन्छन् । र यो क्षेत्रमा सेवा गरेरै अरुको मन जित्ने हो ।

जिवनमा सबै एउटै खालका हुँदैनन् । खल्तिमा टन्न पैसा छ भने हलो हाई भन्नेहरु धेरै भेटिन्छन् । खल्तिमा केहि छैन भने कसैले हलो भन्दैन र वास्ता पनि गर्दैन ।
जिन्दगीको सहि बाटो कसरी पहिल्याउने?
धन कम छ र ज्ञान बढी छ भने उ धनी हुन्छ । जति कमाउन सकेका छौं त्यो ज्ञानकै कारण हो । जोसंग ज्ञान छ उसैले सफलता प्राप्त गर्छ । अब के गर्न सकिन्छ ध्यान दिउ । विद्यार्थीको १६, १७ वर्षको यो उमेर कसैको नसुन्ने तर साथीको बढी सुन्ने खालको हुन्छ । यो गलत हो । साथीको सहि कुरा सुन्ने तर गलत क्रियाकलापलाई निषेध गर्नुपर्छ ।

हेलन केलरको उदाहरण प्रस्तुत गर्दै उत्प्रेरक कटवालले रोगको कारण साढे दुई बर्षमा देख्ने, बोल्ने र सुन्ने क्षमतालाई गुमाउनु भएकि केलरले केहि गर्न सक्दिनन् भन्नेहरु र अरुका लागि, विश्वका लागि उहाँ एक प्रेरक व्यक्तित्व बन्नु भयो । यो सब ज्ञानकै कारणले हो । उहाँ पछि प्रख्यात लेखक, प्रोफेसर र राजनीतिज्ञ बन्नु भयो । तपाँई विद्यार्थीहरुमा सबै सम्भावना रहेकोले अबको १० वर्ष, २० वर्ष वा अन्य वर्षहरुमा के गर्ने भनेर कल्पना गर्न र अध्ययन योजनामा लाग्न अनुरोध गरे ।

ज्ञान नभए कमजोर भईन्छ । सबैभन्दा शक्तिशालि ज्ञान भएका मान्छेहरु नै हुन्छन र संसारभरि परिचित हुन्छन । जिन्दगीको सहि बाटोमा हिड्न आफुमा भएको नकारात्मक सोंचलाई हटाउनु पर्ने, सकारात्मक दृश्टिकोण राख्नु पर्ने र हरेक परिश्थितिको सामना गर्न तयार हुन आँट गर्नुपर्छ भने । हामी दोष दिनका लागि जन्मेका होईनौ । यहि यसो हो भने कसैको कुभलो पनि नसोच्नुस् । यस्तो गुणका तपाँईहरु पक्कै पनि भोलि सबैले चिन्ने मान्छे बन्नुहुन्छ कुनै शंका छैन ।

अविभावकले पनि छोराछोरीलाई देशमै भविष्य खोज्न लगाउनु पर्छ । यहि कलेजमा पढेर गएकाहरु यो २५ वर्षको अवधिमा कोहि पनि बेरोजगार छैनन् । शुरु व्याजकै राजकुमार सर त भाईस प्रिन्सिपल नै हुनुहुन्छ । यो समय करियर बनाउने भएकोले अब जिन्दगीको लक्ष्य निर्धारण गर्नुपर्छ अनि उचाईमा पुगिन्छ ।

काउन्सिलर कटवालले रुजबेल्टको उदाहरण दिदै भने, रुजवेल्टले बच्चाकालमा ह्वाइट हाउसमा घुम्न गएको बेलामा भिजिटिङ डायरिमा केहि लेख्न खोज्दा गार्डले पिटेका थिए । पछि छानबिन गर्दा र उनले लेखेको कुरा हेर्दा त्यहाँ लेखिएको थियो कि “म भविश्यमा बस्ने यहि घर हो ।” एउटा बच्चाको त्यो ठूलो सपना साच्चिकै पूरा भयो कि रुजवेल्ट चार पटकसम्म अमेरिकाको राष्ट्रपति बने । जस्ले ह्वाइटहाउस घुम्न जाँदा गार्डको थप्पर खाएका थिए ।

लक्ष्यमा प्रष्ट हुने जो कोहिले पनि सफलता पाउछ । अहिले सामान्य भएपनि भोलि सबैले मान्ने भईन्छ । तर कहिल्यै कसैलाई कमजोर नठानौं । समान व्यवहार गरौं, असल सोंच राखौ । गलत र बिकार कुराहरुबाट टाढै बसौं ।

मानिस कामले र व्यबहारले ठूलो हुन्छ । यसका लागि सरल, नम्र, हुनुपर्छ । धैर्यतामा रहनु पर्छ । लगनशिल, संघषशिल र तपस्या गर्न सक्नेलाई कहिल्यै असफल हुनु पदैन । मेहनत गरौं उचाईमा पुगिन्छ । फरक सोच राखौं । कडा मेहनतलाई नछाडौं । राप, ताप सहेर पनि अगाडि बढ्नुपर्छ ।

अबका छोराछोरी मानवताका गुणहरुले पूर्ण हुनुपर्छ । छोराछोरी वा छोराबुहारी कसैले पनि आमा बुबालाई बृद्धाश्रममा लगेर राख्ने दृश्य देखिन नदिन मानवताको विकास र इमान्दार हुनै पर्नेमा जोड दिए ।

कलेजका अध्यक्ष तथा संस्थापक संयोजक अशोक पालिखेले नेपाल पर्यटनको प्रचुर संभावना भएको देश भएको र पोखरा पर्यटकीय क्षेत्र भएकोले होटल म्यानेजमेन्टको पढाईको अभावलाई पूरा गर्न पोखराका विभिन्न क्षेत्रका ११५ जना मिलेर कलेज स्थापना गरेको बताए । अहिलेसम्म १५ सय विद्यार्थीहरु पढेर विभिन्न क्षेत्रमा काम लागेका र कोहि पनि बेरोजगार नभएको बताए ।
उनले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई शैक्षिक सफलताको कामना गर्दै कलेजले निर्दिष्ट गरेको कोड अफ कन्डक्टमा रहन आग्रह गरे । अविभावकले पनि छोराछोरीले के गरिरहेका छन् भनेर निगरानी राख्न र बेला बेलामा कलेजमा गएर सल्लाह, सुझाव दिन आग्रह गरे । सो अवसरमा पालिखेले भने, ११ र १२ मा राम्रो अध्ययन गर्नुस् हाईस्कोर ल्याउनेहरुको लागि माथिलो कक्षाका लागि फूल स्करसिपको व्यवश्था गर्नेछौं ।

स्थापनाको २५ औं वर्षगाँठको अवसरमा विभिन्न कार्यक्रम भईरहेका छन् । उनले भने, नेपालमा थुप्रै कलेज अनुदानमा चलेका छन् । तर पनि यो सबैभन्दा वेष्ट कलेज मानिएको छ । हामीले क्वान्टिटी भन्दा क्वालिटीलाई जोड दिएकोले दुई सेक्सन चलाउँछौे पालिखेले भने ।

प्रिन्सिपल प्रकाश रेग्मीले विद्यार्थीको शैक्षिक विकासको लागि गरिएको ओरियन्टेशन कार्यक्रम निकै फलदायी र मार्गनिर्देशक भएको बताए ।

गरिबी र असफलताका कैयन उदाहरणहरु दिदैं तिनै व्यक्तिहरु विश्वभर कहलिएका कथाले विद्यार्थीमा हौसला र सोचको दायरा फराकिलो हुन सघाउने बताए ।

कलेजले विभिन्न प्रकारका सेमिनार, तालिम व्यवहारिक वा प्रयोगात्मक कक्षाहरुलाई निरन्तरता दिईरहेको बताए । उनले सिक्ने र सिकाउने कुराहरुलाई प्राथमिकतामा राखेकोले आगामी दिनहरुमा पनि निरन्तरता दिईरहने बताए ।

शुरेसराज अधिकारीले सन्चालन गरेको कार्यक्रममा सहभागिहरुलाई कक्षा १२ का विद्यार्थीले स्वागत नृत्य देखाएका थिए । यसअघि कार्यक्रमको बोर्ड सदस्य कर्मा गुरुङले पानसमा बत्ति बालेर उद्घाटन गरेकी थिईन भने अध्यक्षता कलेजका अध्यक्ष अशोक पालिखेले गरेका थिए ।