बागमतीमा गाडीकाे भाडा बढ्याे, कहाँकाे कति ? (सूचीसहित)

-



     सफल आवाज    
     भाद्र ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ भदाै । बागमती प्रदेशमा गाडीकाे भाडा बृद्धि गरिएकाे छ । गत साउन १ गतेबाट नेपाल आयल निगमले इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि भाडा बढाइएको हो ।

भदौ ४ गतेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट भाडा दर समायोजन गरिएको हो ।

अब काठमाडौं उपत्यकामा सार्वजनिक सवारीमा ५ किलोमिटरसम्मका लागि १९ रुपैयाँ कायम भएकाे । १० किलोमिटरसम्म २६ रुपैयाँ, १५ किलोमिटरसम्म ३१ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरभन्दा माथिको दूरीमा ४० रुपैयाँ भाडा लाग्नेछ ।

ट्याक्सीमा चढ्ने बित्तिकै ५२ रुपैयाँ कायम गरिएको छ । प्रति २०० मिटर १० रुपैयाँ ३४ पैसा कायम गरिएको बागमती प्रदेशले प्रकाशन गरेकाे राजपत्रमा उल्लेख छ । यस्तै प्रदेशमा चल्ने सार्वजनिक सवारीकाे भाडा पनि बढेको छ ।

काठमाडौंबाट नारायणगढका लागि बस भाडा ४३३ लागू गरिएकाे छ। यसअघि ४२१ रुपैयाँ भाडा रहेकाे थियो । काठमाडौंबाट हेटौंडासम्मको भाडा ६५५ रुपैयाँ लिइने भएकाे छ।

यस्ताे छ नयाँ निर्धारित भाडाकाे सूची :