तायामचा नृत्य प्रतियोगिताका विजयी टोलीलाई नगद हस्तान्तरण

-



     सफल आवाज    
     भाद्र २१ गते २०८० मा प्रकाशित


पोखरा, २१ भदौ । नेवाः खलः कास्कीले तायामचा नृत्य प्रतियोगिता २०८० का विजयी टोलीहरुलाई आज नगद पुरस्कार हस्तान्तरण गरेको छ । नेवाः खलः कास्कीको आव्हानमा भदौ १६ गते पोखरा रानीपौवास्थित रानीपौवा तायामचा नाँच समितिको संयोजनमा रानीपौवामा नृत्य प्रतियोगितामा गरिएकाे थियाे ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम स्थान हाँसिल गर्ने तायामचा नाँच समिति तेर्सापट्टीले नगद ३ लाख १ रुपैयाँ र सम्मान पत्र प्राप्त गरेको छ । दितिय हुने नयाँबजार सांस्कृतिक समितिले २ लाख १ रुपैयाँ तथा तेश्रो हुने भीमसेनटोल तायामचा नाँच समितिले नगद १ लाख १ रुपैयाँ प्राप्त गरेको छ । यस्तै सान्तोना हुने मोहरिया सिंहनाथ टोल तायामचा नाँच समितिले रुपैयाँ ३० हजार १ प्राप्त गरेको छ ।

महिलातर्फ प्रथम हुने बागबजार पोखराको टोलीले रुपैयाँ ४० हजार १, दोश्रो हुने लामाचौर नेवाः खलः ले रुपैयाँ २० हजार १ प्राप्त गरेको छ । तृतिय हुने भण्डारढिक नेवाः खलः ले रुपैयाँ १० हजार प्राप्त गरेको छ । यो तृतिय पुरस्कार आयोजककोतर्फबाट प्रदान गरिएको हो ।

अन्य नगद पुरस्कारका प्रयोजकमा पोखरा तर्सापट्टिका रामकाजी श्रेष्ठ, रबिन्द्र श्रेष्ठ र शंकर श्रेष्ठको परिहवारबाट रहेको छ । सो परिवारबाट यसपटक रुपैयाँ १० लाख प्रायाेजन भएको नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । सो रकमबाट ८ लाख पुरस्कारमा र २ लाख बाजाहरु खरिद गरेर विभिन्न समितिहरुलाई यसअघि हस्तान्तरण गरिएको बताए ।

बिजेता टोलीहरुलाई प्रमुख अतिथि भक्तपुर उपमहानगरपालिकाकी उपमेयर रजनी जोशी, वडा नं ५ अध्यक्ष योगेन्द्र बिजुक्छे, खलः कास्कीका अध्यक्ष अशोक पालिखे, दानवीर शंकर श्रेष्ठको परिवार लगायतले नगद हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा भक्तपुर उपमहानगरपालिकाकी उपमेयर रजनी जोशीले नेवारी कला, संस्कृतिको जगेर्नामा पोखराले देखाएको तदारुकता सह्रायिन भएको बताईन । उनले नेवारी सभ्यता र संस्कृति नेपालको अमूल्य सम्पति भएको बताईन । हाम्रा संस्कार, संस्कृतिहरुमा वैज्ञानिकपन पनि छन् । उनले भनिन्, त्यसैले पनि विश्वले हेर्ने दृश्टिकोण नै फरक भएको छ ।

तर दु:ख पनि छ अहिलेको पुस्ताले संस्कार, संस्कृति र भाषालाई बिर्सिने हो कि ? उनले विद्यालय स्तर तथा कलेजमा महानगरले यसको गहिरो, अध्ययन र अनुसन्धानलाई जोड दिनुपर्ने बताईन । उनले पोखरालाई आवश्यक पर्ने कुनै पनि प्रकारका तालिम वा कार्यक्रमको लागि सहजिकरण गर्न सहयोग गर्ने बताईन । सो अवसरमा उनले भक्तपुर झल्काउने विभिन्न उपयोगि पुस्तकहरु खलः कास्कीका अध्यक्ष अशोक पालिखेलाई हस्तान्तरण गरिन् ।

वडा नं ५ का अध्यक्ष योगेन्द्र बिजुक्छेले नेवारी कला, संस्कृति र भाषालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न जरुरी भएको बताए । बाह्य संस्कृतिको प्रभाव वढीरहेको अवश्थामा पोखरामा नेवारी कला, संस्कृति र भाषाप्रतिको कार्य थालनि महत्वपूर्ण कार्य भएको बताए ।

नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारी भाषा, संस्कार र संस्कृति लोप हुने होकि भन्ने चिन्तालाई हटाउन प्रयास भईरहेको बताए । उनले यसका लागि तालिम संचालन, विज्ञहरुका कुराहरु सुनाउने, भाषाका कक्षा अझैं प्रभावकारी रुपमा संचालन गरिने बताए ।

उनले महिलालाई विशेष गरेर आत्मनिर्भर बनाउन, खर्चमा कटौती गर्न र आत्मनिर्भर भइ आर्थिक लाभ लिने खालका कार्यक्रमहरुमा जोड दिएको बताए । साथै उनले भक्तपुर उपमहानगरपालिका वा भक्तपुरमा रहेका पोखरामा नभएका भाषा, कला, संस्कृति र जुजुधौ लगायतका तालिमका लागि संयोजन गरिदिन आग्रह गरे । सो अवसरमा उनले निकट भविष्यमा मिस नेवाः कार्यक्रम गरिने जानकारी पनि दिए ।

सञ्चालन महासचिव कृष्ण कतिला, नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिलाई आभार व्यक्त गर्दै उपाध्यक्ष प्रकाशमान श्रेष्ठले समापन गरेका थिए ।