कोपिला बाल गृहको अध्यक्षमा भुपालजंग कुँवरसहित कार्यसमिति सर्वसम्मत चयन

-



     सफल आवाज    
     भाद्र २३ गते २०८० मा प्रकाशित


पोखरा, २३ भदौ । कोपिला बाल गृह पोखराको १७ औं साधारण सभा तथा ८ अधिवेशन सम्पन्न भएको छ । शनिबार पोखरामा सम्पन्न अधिवेशनबाट भूपालजंग कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

अधिवेशनले पूरानै समितिलाई नयाँ कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो । ९ सदस्यीय कार्यसमितिमा रहने दुईमध्ये एक नयाँ सदस्य थप गरिएको छ भने एकजना पछि मनोनयन गरिने भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा प्रितममान बुद्धाचार्य, सचिवमा सुरजित सेन ठकुरी, कोषाध्यक्षमा दिनेश कुमार श्रेष्ठ रहेका छन् । सदस्यहरुमा रचना बुद्धाचार्य, सन्तोष अधिकारी र शुरेस मानन्धर रहेका छन् । नयाँ थपिएकी सदस्यमा सायरा शाक्य पन्त रहेकी छन् भने एजना पछि मनोनित गरिने भएको हो ।

यसअघि कार्यक्रममा संस्थाका सचिव सुरजित सेन ठकुरीले पेश गरेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षको अनुमतिमा निर्देशक रमिला श्रेष्ठले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

कोपिला बाल गृह २०६३ साल देखि संचालनमा रहेको छ । पोखरा महानगरपालिका वडा नं १२ शितलादेवीमा रहेको गृह अमेरिकास्थित साम्स हाउस तथा तत्कालिन संस्थाका पदाधिकारीहरुको पहलमा अनाथ, अलपत्र छोडिएका, फेवा परेका, बेवारिसे, परिवारबाट उचित हेरचाह नपाएका, कानूनी विवावदमा परेका, बाबुआमा थुनामा रहेका वा आश्रीत बालबालिका, हिंसामा परेका, करणी वा हाडनाताबाट जन्मिएका पालनपोषण नगरी छोडिएका बालबालिकाहरुको भविष्य सुनिश्चित गर्न स्थापना गरिएको हो ।

उनीहरुको चौतर्फि विकासको लागि संस्था लागिरहेको अध्यक्ष भुपालजंग कुँवरले बताए । उनीहरुको बसोबास, भोजन, शिक्षा, पारिवारीक माया, ममता, मनोरञ्जन, स्वास्थ्य सुविधा र सुरक्षाका लागि काम गरिरहेको उनले बताए । हालसम्म संस्थामा रहेर ६४ जना बालबालिकाले आबासिय संरक्षणसहित अगाडी बढ्ने मौका पाएका छन् ।

यस आर्थिक वर्षमा संस्थामा १८ वर्षसम्मका २८ जना बालबालिका रहेका छन् । उनीहरुमा १२ जना बालक र १६ जना बालिका रहेका छन् ।

अध्यक्ष कुँवरले संस्थाले आबासिय बाल गृह चलाएको, शैक्षिक छात्रबृत्ति, समुदायमा सहयोग लगायतका कार्यक्रम रहेको बताए । उनले संस्थाले बनाएको कार्ययोजना अनुसार पारदर्शि र काूननसम्मत भएर अगाडी बढ्ने दृढता व्यक्त गरे ।

संस्थाको एक खेलमैदान, २ वटा भवनमा बनेका १५ कोठाहरु भाडामा चलाईएको, एउटा जीप तथा ३ वटा स्कुटर रहेका छन् । संस्थामा निरन्तर स्वास्थ्य जाँचको लागि नर्सको व्यवस्था गरिएको छ भने पूर्णकालिन र आंशिक गरी १६ कर्मचारी रहेका छन् ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै ग्लोबल कलिजियट स्कुलका संस्थापक बाबुराम पन्तले विशेष अवश्था र पहुँचबाट बाहिर रहेका बालबालिकाको लागि संस्थाले सह्रानिय काम गरेको बताए । शिक्षामा सबैभन्दा ठूलो कुरा बालबालिकाको मनोभावलाई बुझ्ने, उनीहरुको भावनाको कदर गर्ने र उत्प्रेरणा जगाउने कार्य महत्वपूर्ण हुने बताए ।

साधारण सदस्यको तर्फबाट कृष्णबाबु वरालले असहाय बालबालिकाको उज्वल भविष्यको लागि निःस्वार्थ काममा लागिरहनु भएका सबैलाई आभार व्यक्त गरे । बारिहबाट श्रोत र साधन जुटाएर काम गर्नु भनेको चानचुने कुरा होईन । उनीहरुलाई आमा बाबाको जस्तै व्यवहार गरेर सबै सुविधा दिनु राम्रो कुरा हो ।

निर्देशक रमिला श्रेष्ठले संचालन गरको कार्यक्रमको अध्यक्षता अध्यक्ष भुपालजंग कुँवरले गरेका थिए । निर्वाचन मण्डलमा संयोजक यमुना बुद्धाचार्य र सदस्य कृष्णबाबु वराल रहेका थिए ।