
काठमाडौं,२५ भदाै। यस पटककाे ‘नाडा अटो शो २०२३’ भाेलि भाद्र २६ देखि भाद्र ३१ सम्म हुदैछ। काठमाडौंको भृकुटीमण्डपमा हुने उक्त अटो शो काे तयारी लगभग पुरा भइसकेकाे बताइएकाे छ । उक्त अटाे शाे मा साना, ठूला गरी करिव १२० स्टल रहने छन् ।अटो शो मा बिभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक, वस्तु तथा सेवा प्रदायकको सहभागिता रहने नाडा अध्यक्ष ध्रुव थापाले जानकारी दिएका छन ।
प्रदर्शनीमा ४ पाङ्ग्रे १६ र दुई पाङ्ग्रे २२ ब्रान्डको सहभागिता रहने बताइएकाे छ । त्यसैगरी ७ ब्रान्डका लाइट कमर्सियल भेइकल, ९ वटा बैक, वित्तीय संस्था, ३० लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहने अध्यक्ष ध्रुव थापाले बताएका छन ।
नाडा अटो शो २०२३ को मुख्य प्रायोजकमा टाटा मोटर्स जेन्युइन आयल रहेको छ । सह–प्रायोजकमा शिखर इन्स्योरेन्स रहेकाे छ । प्रदर्शनीको डोर प्राइज प्रायाेजकमा याडिया, टिकेटिङ पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वल्र्डलिंक, फायर सेफ्टी सपोर्टमा हिट्को प्रालि तथा हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल रहेकाे नाडाले जनाएकाे छ ।

अटाे शाे लाई बढी जानकारीमूलक बनाउन वित्तीय सेवा, बिक्री पछिको सेवा उपलब्ध गराउने संस्थाहरू र अटोमोबाइल सम्बन्धी म्यागेजिन र पत्रपत्रिकाका लागि छुट्टै मिडिया स्टल रहनेछन ।
सर्वसाधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी जानकारी दिन ट्राफिक प्रहरी महाशाखाको सूचना कक्ष प्रदर्शनीमा रहनेछ। नाडा अध्यक्ष ध्रुव थापाले यस पटकको अटो शोलाई थप व्यवस्थित बनाइने समेत बताए । महानगर यातायातको सहयोगमा निःशुल्क सटल बसको व्यवस्था गरिएकाे थापाले जानकारी दिए।
आज २५ गतेसम्म अग्रिम अनलाइन टिकट खरिद गर्नेलाइ खल्तीले २० प्रतिशत क्यासब्याकको व्यवस्था गरेको छ। सर्वसाधारणका लागि टिकटको मूल्य २ सय र विद्यार्थीका लागि १ सय ५० रुपैयाँ कायम गरिएकाे नाडाले जनाएकाे छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




