आजदेखि शुरू हुने ‘नाडा अटो शो २०२३’ काे समुद्घाटन अर्थमन्त्री डा महतले गर्ने

-



     सफल आवाज    
     भाद्र २६ गते २०८० मा प्रकाशित


काठमाडौं, २६ भदाै । आजदेखि शुरू हुन गइरहेकाे ‘नाडा अटो शो २०२३’ काे समुद्घाटन नेपाल सरकारका अर्थमन्त्री डा प्रकाश शरण महतले गर्ने भएका छन।

नाडा अध्यक्ष डा. ध्रुब थापाका अनुसार आज दिउसाे १२:३० बजे नेपाल पर्यटन बाेर्डकाे सभाकक्षमा अर्थमन्त्री डा महतले नाडा अटो शो २०२३ काे शुभारम्भ गर्नेछन । काठमाडौंको भृकुटीमण्डपमा भाद्र ३१ सम्म जारी रहने उक्त अटो शो काे शुभारम्भका लागि सम्पुर्ण तयारी पुरा भइसकेकाे समेत अध्यक्ष थापाले बताए ।

उक्त अटाे शाे मा साना, ठूला गरी करिव १२० स्टल रहने छन् ।अटो शो मा बिभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक, वस्तु तथा सेवा प्रदायकको सहभागिता रहने बताइएकाे छ ।

प्रदर्शनीमा ४ पाङ्ग्रे १६ र दुई पाङ्ग्रे २२ ब्रान्डको सहभागिता रहने बताइएकाे छ । त्यसैगरी ७ ब्रान्डका लाइट कमर्सियल भेइकल, ९ वटा बैक, वित्तीय संस्था, ३० लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहने अध्यक्ष ध्रुव थापाले बताएका छन ।

नाडा अटो शो २०२३ को मुख्य प्रायोजकमा टाटा मोटर्स जेन्युइन आयल रहेको छ । सह–प्रायोजकमा शिखर इन्स्योरेन्स रहेकाे छ । प्रदर्शनीको डोर प्राइज प्रायाेजकमा याडिया रहेकाे छ।

टिकेटिङ पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वल्र्डलिंक, फायर सेफ्टी सपोर्टमा हिट्को प्रालि तथा हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल रहेकाे नाडाले जनाएकाे छ ।