
पोखरा, २६ भदौ । पोखरा ३ नदीपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण मा.बिमा कक्षा ११ र १२ मा अध्ययन गर्ने बिद्यार्थिहरुद्धारा गठित म्युजिक, आर्ट र लिटरेचर क्लबको आयोजना पहिलो मास ट्यालेन्ट सो सम्पन्न भएको छ।
विद्यालयमा भएको कार्यक्रममा नृत्य र गाएन गरि दुई विधामा कार्यक्रम भएको क्लबका अध्यक्ष दिपेश आले मगरले जानकारी दिए।
नृत्यतर्फ पहिलो, दोस्रो र तेस्रो स्थानमा करुणा गुरुङ, साहिना गुरुङ, केरल गुरुङ रहे । गायनतर्फ आसिक सुनार, भूमिका सुवेदी र सुसान्त गुरुङले सफलता प्राप्त गरे।
बिजेता हुन सफल हुनेहरूले प्रमाणपत्र र मेडल प्राप्त गरे। कार्यक्रममा निर्णायकको भूमिकामा दबिन गुरुङ र बिनित जोजिज्यु रहेका थिए । कार्यक्रममा पोखरा सांगितिक कलाकार संघका अध्यक्ष हर्क गुरुङ (भाई), संघका सचिव एवम् गायक भास्करध्वोज श्रेष्ठको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा बिद्यायका निर्देशक तेजबहादुर गुरुङले विद्यालयमा गठन गरिएका क्लवहरूले आगामी दिनहरुमा शिक्षा र समाजको क्षेत्रमा काम गदै जाने बताए।
कार्यक्रममा बिद्यायका प्राचार्य सहिन्द्रराज श्रेष्ठ, शैक्षिक निर्देशक अशोक कुमार शाही, प्रशासक चित्रबहादुर गुरुङ, लेखा प्रमुख नबराज शर्मा, कक्षा ११, १२ मा अध्यापन गराउने शिक्षकहरु तथा बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
गण्डकी प्रदेशको पहिलो निजि विद्यालय माउण्ट अन्नपूर्ण मा.बिमा म्युजिक, आर्ट र लिटरेचर क्लब लगायत, सोसल सर्भिस क्लब, गेम्स एण्ड स्पाेर्ट्स गरि ३ वटा क्लबहरु रहेका छन्।