फोर्स मोटर्सको ‘फोर्स अरबानीया’ भ्यान सार्वजनिक, नाडा अटो शोमा बुकिङ गर्दा बिशेष छुट

-



     सफल आवाज    
     भाद्र २६ गते २०८० मा प्रकाशित


काठमाडौं, २६ भदाै । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रा.लि.ले फोर्स कम्पनीको अरबानीया भ्यानको बुकिङ खुल्ला गरेको छ । नाडा अटो शो २०२३ को अवसरमा अर्थमन्त्री प्रकाशरण महतले भ्यान सार्वजनिक गरेका हुन् । भारतमा अत्याधिक माग रहेको यो भ्यान नेपालमा पनि लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ ।

भ्यान नेपालमा आयातित माइक्रोबसहरु मध्येमा सबैभन्दा प्रिमियम सुबिधायुक्त रहेको बताइएको छ । अरबानीया भ्यान कार जस्तै आरामदायी र सुविधा सम्पन्न रहेको कम्पनीले जनाएको छ ।

भ्यान विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको छ । सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको छ । आकर्षक र सुबिधा सम्पन्न देखिएको माइक्रोबसमा १५ र १८ सिट क्षमतामा उपलब्ध छन् । यसका १५ सिट भ्यानको मूल्य ८२ लाख ९९ हजार रुपैयाँ १८ सिटको भ्यानको मूल्य ८६ लाख ९९ हजार रुपैयाँ काम गरिएको छ । यो मूल्य केही समयको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ।

साथै नाडा अटो शोमा बुकिङ गर्नेहरुको लागि आकर्षक छुट सुबिधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । हाल नेपालका २२ स्थानहरुमा फोर्स मोटर्सको शोरुम, डिलर तथा सर्भिस सेन्टरहरु छन् ।