
काठमाडौं, २७ भदाै। नेपालका लागि महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटले नयाँ मोडलको स्कोर्पियो क्लासिक नेपाली बजारमा ल्याएकाे छ। हिजाेदेखि सुरु भएको नाडा अटो शोमा अर्थमन्त्री प्रकाशशरण महतको उपस्थितिमा साे गाडी सार्वजनिक गरिएकाे हाे।
स्कोर्पियो क्लासिकमा प्रोजेक्टर हेडल्याम्पको साथमा एलईडी डे टाइम रनिङ लाइट, ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, नयाँ स्टेरिङ ह्विल, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर विन्डो, सेकेन्ड रोमा एसी भेन्टस्, ड्यूल एयरब्याग जस्ता फिचर उपलब्ध रहेकाे महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटले बताएकाे छ।
८० लाख ५० हजार मुल्य तोकिएको याे जिप टप भेरियन्ट हो। यसअघि कम्पनीले नयाँ स्कोर्पियो एन नेपाली बजारमा भित्र्याइसकेको थियाे। यसपटककाे अटो शोमा महिन्द्राले एक्सयूभी ३०० र एक्सयूभी ७०० प्रिमियम सेग्मेन्टको गाडी पनि राखेको छ ।

स्कोर्पियो क्लासिकमा २.२ लिटर फोर सिलिण्डर डिजेल इन्जिन रहेकाे छ। यो इन्जिनले १ सय ३६ हर्स पावर र ३०० एनएम पीक टर्क उत्पादन गर्छ। यसमा ६ स्पीड म्यानुअल गियरबक्स र टु ह्विल तथा फोर ह्विल ड्राइभ अप्सन उपलब्ध रहेकाे कैपनीले जनाएकाे छ।
बिशेषगरी ८० लाख ५० हजार मूल्यकाे याे नया माेडलकाे ‘स्कोर्पियो क्लासिक’ गाडीलाइ ग्राहकले अत्यधिक मन पराउने कंपनीले बिश्वास लिएकाे छ ।