
काठमाडाैं, १ असाेज । आर्थिक हिसाबले थिलथिलाे भएकाे नेपालकाे अर्थ तथा अटाे बजारलाई चलायमान बनाउदै नाडा अटाे शाे २०२३ सम्पन्न भएकाे छ । काेराेना कहरकाे कारण बिगत ३ वर्ष स्थगित गरि यसपटक गरिएकाे अटाे शाे ले नेपालकाे अटाे बजारमा उत्साह थपि दिएकाे छ ।
यही भदाैकाे २६ गतेबाट शुरू भएर भदाै ३१ गतेसम्म आयोजना गरिएको नाडा अटाे शाे मा पेट्राेलियम तथा डिजेलबाट चल्ने २ हजार गाडीकाे बुकिङ भएकाे नाडा अध्यक्ष डा ध्रुव थापाले बताए ।
विश्वले वातावरण अनुकुलनका व्यवहार गर्नुपर्ने र ग्रिनरीकाे भिजनसिहत अगाडी बढ्नुपर्ने मान्यतालाइ नेपालले पनि अंगालीसकेकाेले त्यसैकाे प्रभावले पनि हाेला अटाे शाे मा विद्युतीय गाडीहरूकाे प्रदर्शन उत्साहजनक देखियाे अध्यक्ष थापाले भने । उनका अनुसार नेपालमा हुने प्रदर्शनीमध्ये याे अटाे शाे चाहेकाेभन्दा पनि धेरै ठूलाे हाे । यसले यहाँकाे अटाे बजार वातावरणमैत्री उन्मुख भएकाे सन्देश गएकाे छ ।
गाडीहरूकाे बुकिङ राम्राे भएकाे मान्नुपर्छ । चाडपर्वकाे समयमा भएकाे अटाे शाेले यसपटककाे चाडपर्वलाइ विशेषा बनाउने अपेक्षा गिरएकाे थापाले बताए । हामीले बजारमा भाइब्रेशन छाेड्न चाहेका थियाैं साेहि अनुरूपकाे लक्ष्य अटाे शाेले निर्देश गरेकाे बताए । अध्यक्ष थापाले नाडा अटाे शाेमा एक लाख बढी दर्शकले अवलाेकन गरेकाे बताए ।
नाडा अटो शोमा बिवाईडी, सेरेस, टाटा, एमजीका स्टलहरूमा ग्राहककाे भिड लाग्याे । बिवाईडीको एटो थ्रि र डल्फिल तीन सयजति बुकिङ भएको जनाइएकाे छ । बिवाईडीका अनुसार डल्फिनकाे रू ३९ लाख मूल्य रहेकाे थियाे । इभि गाडी एटो थ्रि धेरैकाे र रूचिकाे गाडी बनेकाे देखियाे ।

सेरेस मिनी इभि र सेरेस थ्रि ती १ सय जति बुकिङ भएको छ । एमएडब्लुकाे गाडी नेपाली बजारमा सेरेस मिनी इभि रू १४ लाख, सेरेस थ्रि ४९ लाख मूल्य ताेकिएकाे थियो । सेरेस पनि तीन सयजति बुकिङ भएकाे जनाइएकाे छ । टाटा टियागो इभि पनि उत्साहबर्धक रूपमा बुकिङ भएको छ ।
टाटाले टियागो इभिकाे रू २२ लाख मूल्य रहेकाे थियाे । अटाे शाेमा टाटाका ५०० बढि गाडी बुकिङ भएका छन्। पारामाउन्ट मोटर्सले ल्याएको एमजी फोरको रू ४१ लाख ४९ हजार तथा लग्जरीको मूल्य रू ५८ लाख ९९ हजार तोकिएकोमा गाडीका शाैखिनले मन पराएकाे बताइएकाे छ ।
अन्य विद्युतीय गाडीहरू सिट्रोन इभि, हुन्डाई आयोनिक, आरा लगायत पनि नाडा अटो शोमा आकर्षणकाे रूपमा रहेका थिए । राम्रो रेस्पोन्स गरेका थिए । यसपटक विद्युतीय गाडीको दबदबा देखिएकाे छ । यसैकाे कारणले कम्बसन इन्जिन कारको बिक्रीमा सुस्तता देखिएको छ ।
तर सुजुकी जिम्नी, हुन्डाई एक्सटर, निसान म्यागनाईट, टाटा पन्च, महिन्द्रा स्कार्पियो एन ग्राहककाे राेजाइमा परेका छन्। यस्तै दुई पाँग्रे सवारीमा रोयल इन्फिल्ड हन्टर, केटिएम, टिभिएस रोनिन, याज्दी र इलेक्ट्रिक स्कुटरहरू पनि ग्राहककाे राेजाइमा परेकाे देखिएकाे नाडाले जनाएकाे छ । दुईपाँग्रे सवारीतर्फ विद्युतीय स्कुटरमा कम राेजाइमा परेकाे छ ।