शंकरदेव क्याम्पसलाई म्यानेजमेन्ट विश्वविद्यालयको रुपमा विकास गरिनेछ : कानुनमन्त्री गुरुङ

-



     सफल आवाज    
     असाेज १ गते २०८० मा प्रकाशित


काठमाडौं, १ असाेज । शंकर देव क्याम्पस पूर्व विद्यार्थी समाज (SDC Alumni) को तेस्रो साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गुरुङले शंकर देव क्याम्पसलाई म्यानेजमेन्ट विश्वविद्यालयको रुपमा विकाश गर्न आफ्नो सक्दो सहयोग रहने बताएका छन् ।

शंकर देव क्याम्पस म्यानेजमेन्टको पायोनियर कलेजमा रुपमा रहेको बताए । काठमाडाैं प्रदेशसभाका सांसद तथा पुर्व मन्त्रि दिपेन्द्र श्रेष्ठले शंकर देव क्याम्पसलाई म्यानेजमेन्ट विश्वविद्यालयको रुपमा विकास गर्नका लागि प्रदेश सरकारसंग जग्गा उपल्ब्ध गराउन तथा आबश्यक पुर्वाधारका हरेक विषयमा सहयोग रहने बताएका थिए । मन्त्रि गुरुङले पनि सांसद दिपेन्द्र श्रेष्ठले राखेका विषयमा पुर्ण सहयोग रहने बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै मुख्य सचिब लिलामणी पैडेलले शंकर देव क्याम्पसलाई पायोनियर स्वायत्त कलेज बनाई बिश्व बजारमा ब्यावस्थापनको पायनियर कलेजका रुपमा बिकाश गर्नुपर्ने अबधारणा राखेका थिए । उनले आफुपनि संकरदेव क्याम्पसको पुर्व विद्यार्थी भएको र पूर्व विद्यार्थी समाजले गरेका हरेक गतिबिधिमा नजिक रहेर सहयोग गरिरहेको बताए ।

शंकर देव क्याम्पसका पुर्व सभापति शुभराम बस्नेतले पूर्व विद्यार्थी समाज शंकरदेवका अध्यक्ष राजिब विक्रम थापाको नेतृत्वमा भबन निर्माण देखी कोभिडको समयमा पहिलो कलेजका रुपमा अनलाईन टिचिङ व्यवस्था तथा बिद्यार्थीहरुलाई विभिन्न कम्पनिमा इन्टर्नको ब्यवस्था गरी म्यानेजमेन्टमा अब्बल कलेको रुपमा स्थापित गर्न सहयोग गरेको बताए ।

उक्त कार्यक्रममा पुर्ब मन्त्रि तथा साम्सद ह्दयराम थानी, पुर्ब साम्सद नवराज सिलवाल, प्रदेशसभाका सांसद तथा पुर्व मन्त्रि दिपेन्द्र श्रेष्ठ, पुर्व मुख्य सचिब लिलामणी पैडेल, पुर्व स्ववियू भापति शुभराम बस्नेत, स्ववियू सभापति सुसान्त बस्नेत तथा क्याम्पस प्रमुख कृष्ण आचार्यले साधारणसभाको सफलताको शुभकामना दिएका थिए ।

साधारणसभाको बन्दसत्रमा पूर्व विद्यार्थी समाज शंकरदेवका अध्यक्ष राजिब विक्रम थापाले अध्यक्षको प्रतिबेदन तथा कोषाध्यक्ष कन्हैया भक्त राजभण्डारीले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए। साधारणसभामा बिधान संसोधनका लागि पेस गरेको प्रतिबेदन पनि सर्वसहमतिमा पास गरेको थियो । कार्यक्रमको सञ्चालन पूर्व विद्यार्थी समाज सदस्य अञ्जना अर्यालले गरेका थिए ।

अध्यक्षमा थापासहित नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

शंकर देव क्याम्पस पूर्व विद्यार्थी समाज (SDC Alumni)को तेस्रो साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा राजिव कुमार थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । आज शंकर देव क्याम्पसमा सम्पन्न साधारणसभाबाट थापाको अध्यक्षतामा नयाँ समिति निर्विरोध निर्वाचित भएको हो ।

शंकर देव क्याम्पसमा बसेको साधारणसभाले सचिवमा कन्हैया भक्त राजभण्डारी, कोषाध्यक्षमा अन्जना अर्याललाई निर्विरोध निर्वाचित गरेको छ ।

यसैगरी सदस्यहरुमा शुभराम बस्नेत, प्रकाश महर्जन, अमृत कुमार पन्थी, सन्तोष गुरुङ्ग, रजन के.सी., शिव पाठक, अन्जित खड्का र राजेश पाठक निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक डा. सजिव कुमार श्रेष्ठले बताएका छन् ।