विद्यालयका शिक्षक, कर्मचारी बन्द हडतालमा उत्रिए सेवाबाट बर्खास्त गर्ने काठमाडौं महानगरको चेतावनी

-



     सफल आवाज    
     असाेज ३ गते २०८० मा प्रकाशित



काठमाडौं,३ असोज । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेपछि काठमाडौं महानगरपालिकाले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको छ । यदी विद्यालयका शिक्षक, कर्मचारी नै बन्द हडतालमा उत्रिएकाे खण्डमा सेवाबाट बर्खास्त गर्ने काठमाडौं महानगरले चेतावनी समेत दिएकाे छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा विधेयकमा असहमति भएपनि विद्यालय बन्द गर्न नहुने बताएका छन् ।उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै स्कुल बन्द गरेर पठनपाठनमा अवरोध पुर्‍याएमा कानुन अनुसार कारबाही हुने बताएका छन् ।

विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उनले भने, ‘विद्यालय बन्द गरेर विद्यार्थीको पढ्ने अधिकार हनन् गर्न पाइँदैन । विद्यालय खुल्नेछन ।

महानगरपालिकाले शिक्षा विभागलाई विद्यालय बन्द भएकाे खण्डमा आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन पनि दिएको बताइएकाे छ । आन्दोलन गर्न पाउनु शिक्षकहरुको अधिकारको कुरा भएपनि आन्दोलनका नाममा विद्यालय नै बन्द गर्नु नहुने प्रवक्ता मानन्धरले बताए ।

यसअघि पनि काठमाडौँ महानगरपालिकाले शिक्षक कर्मचारीहरुलाई बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो । पनि दिइएको थियो ।