
काठमाडौं, ७ असाेज। नेपालको स्थापित व्यावसायिक घराना सीजी ग्रुपले नयाँ चिनियाँ विद्युतीय गाडी ‘स्मार्ट’ नेपाल भित्र्याउने भएको छ।
सीजी मोटर्सले यसअघि पनि होजोन अटोको नेटा भी इलेक्ट्रिक कार तथा केवाइसी ब्राण्डको मिनी ईभी भ्यान बिक्री गर्दै आएको छ। स्मार्ट मोटर्सले सीजी ग्रुपको सीजी मोटर्सलाई नेपालका लागि ‘स्मार्ट’ इभीकाे आधिकारिक बिक्रेताको रुपमा छनोट गरेको जनाएकाे छ।
सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले दुबै कम्पनी बिच यस सम्बन्धी सम्झौता भइसकेकाे जानकारी दिएका छन्।
स्मार्ट मोटर्सले जर्मनीको मर्सिडिज बेन्ज ग्रुप तथा चीनको जिली होल्डिङको जोयन्ट भेन्चरमा विद्युतीय सवारीसाधन उत्पादन गर्दै आएको बताइएकाे छ।