
पोखरा २४, असोज । नेपालकै चर्चीत ब्याण्ड ‘एक्सिस’ले करिब एक दशक पछि पोखरामा भोलि(बिहिबार) बिषेश प्रस्तुति दिने भएको छ । बिहिबार बेलुका लेकसाइड स्थित किङस लाउन्ज पोखरामा एक्सिस व्याण्डको बिशेष प्रस्तुति हुने भएको हो । पोजेटिभ भाईभ इन्टरटेनमेन्ट नेटवकको व्यवस्थापनमा हुने उक्त कार्यक्रममा एक्सिसको प्रस्तुतीःले पोखरेलीहरुलाई भरपूर्ण मनोरन्जन दिने भएको पोजेटिभ भाईभ इन्टरटेनमेन्ट नेटवकका निर्देशक विकेस कायस्थले बताए ।
एक्सिसको टोली बिहिबार बिहान पोखरामा आउने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । उक्त कार्यक्रमको अन्तिम तयारी पूरा भएको निर्देशक कायस्थले बताए । उनले भने- हामीलाई विश्वास छ, पोखरा यस्तो शहर हो जहाँ प्राकृतिक, सांस्कृतिक सहित साङ्गीतिक व्याण्डहरुलाई उत्तिकै साथ र माया गर्ने शहर हो । त्यो हाम्रो टिमले अवश्य पाउनेछ । ” किङसमा एक्सिस व्याण्डको प्रस्तुतीः सहित किङस हाउस व्याण्ड र डि.जे. गरी तीन चरणको कार्यक्रम हुने किङस लाउन्ज पोखराका संचालक धुव्र केसीले बताए ।
बेलुका करिब ७ः१५ बजे देखि आफ्नै ब्याण्ड किङस हाउस ब्याण्डको प्रस्तुतीले सुभारम्भ भएको माहोलमा बेलुका करिब ९ः३० बजे पछि नेपालकै चर्चीत ब्याण्ड एक्सिसको बिषेश प्रस्तुती रहने भएको उनले बताए। युवा बर्गलाई आकषर्ण गर्न ब्याण्डको साथमा डि.जे.को समेत प्रस्तुती रहने भएको केसीले बताए । कोभिड १९ बाट प्रभावित भएको पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धनमा उक्त कार्यक्रमले थप टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।
सन् २००३ मा संगठित भएको उक्त व्याण्डले २००४ मा ब्ल्याक एण्ड ह्वाइट मार्फत पहिलो एलबम बजारमा ल्याएको थियो । त्यसै गरी २००९ मा माफ गरिदेउ र २०१७ मा गाउँ घर गरी तीन एलबम श्रोता तथा दर्शक माझ ल्याएको छ । त्यसै गरी उक्त व्याण्डले ल्याएको एलबममा अधुरो प्रेम, मुस्कान, मेरो प्रेम, तिमी फेरी आउन, हे मोरी, एक चोटी लगायतका चर्चीत गितहरु रहेका छन्। उक्त व्याण्डका चर्चीत भोकलिष्ट सन्दिप विश्वकर्मा रहनु भएको छ । यसैबिच, एक्सिसले हालै पाइला एल्बम बजारमा ल्याएको छ । उक्त एल्बम पाइला आफ्नो अफिसियल यूटुव च्यानलबाट सार्वजनिक गरेको हो ।