अमेरिकी डरको भाउ घट्दै, यूरोसहित अन्यको बढ्यो

-



     सफल आवाज    
     असाेज २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य देशहरूको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

आज अमेरिकी डलरको भाउ घटेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८१ पैसा र बिक्रिदर १३३ रुपैयाँ ४१ पैसा रहेको छ ।

यसदिन यूरोलगायत अन्य देशहरूको मुद्राको भाउ भने बढेको छ । यूरो १ को खरिददर १४० रुपैयाँ ८३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४७ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६३ रुपैयाँ २० पैसा बिक्रीदर १६३ रुपैयाँ ९३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४७ रुपैयाँ ९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ २४ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६३ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८६ पैसा रहेको छ ।

आजको मूल्यसूची