
पोखरा, २५ असोज । पोखरामा रहेको राष्ट्रकै प्रसिद्ध विन्दवासिनी मन्दिर विन्ध्वासिनीमा नवदुर्गा महोत्सव २०८० आयोजना हुने भएको छ । विन्ध्वासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा असोज २८ गतेदेखि विन्ध्वासिनी नवदुर्गा महोत्सव २०८० आयोजना हुने आज पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।
महोत्सवका दुई महत्वपूर्ण पक्ष रहेका छन् । विन्ध्वासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले पहिलो विन्ध्वासिनी नवदुर्गा शोभायात्रा र दोश्रो श्रीमददेवी भागवत ज्ञान महायज्ञ रहेका छन् । श्रेष्ठका अनुसार विजया दशमी शुरु हुने घटस्थापनाको दिन असोज २८ गते विन्ध्वासिनी नवदुर्गा शोभायात्रा हुनेछ ।
शोभायात्रा बिहान ७ बजे विन्दध्यवासिनी पार्किङबाट शुरु भएर मोहरिया टोल, भैरव टोल, भिमसेन टोल, नालाम’ख, तेर्सापटिट्ट, महेन्द्रपुल, चिप्लेढुंगा, सिदार्थचोक, रामकृष्ण टोल, गणेश टोल हुँदै विन्ध्यवासिनी मन्दिरको प्राङ्गणमा आएर समापन हुनेछ ।
शोभायात्रामा नवदुर्गाका नौ रुपका सिंगारिएका नवकन्या आरुढ नौ रथ, विन्ध्यवासिनी मन्दिरको झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, राष्ट्रिय सेवा दल, बटुकहरु, जलकलशसहित मातृशक्ति, विभिन्न आमा समूहहरु, सामाजिक, धार्मिक, जातीय, सांस्कृतिक, बैंक, वित्तीय तथा सहकारी, शैक्षिक संघ संस्थाहरु, भजन समूह, उद्योग वाणिज्य तथा बस्त’गत संघ संस्थाहरु ल्गायत पोखरेली जनजीवनका विविध पक्षो सहभासिगता हुने भएको छ । सचिव श्रेष्ठले विभिन्न सांस्कृतिक झाँकीहरुको सहभागिता मार्फत शोभायात्रालाई पोखरेली सांस्कृतिक विविधताको अभिव्यक्तिको रुप दिने प्रयास गरिएको बताए ।
शोभायात्रा कै दिन श्रीमद्देवी भागवत ज्ञान महायज्ञ शुरु भई नवमीको दिन सम्पन्न हुने भएको छ । महायज्ञमा प्रखर वक्ता युवा पंडित हरिशरण पौडेलले संगीतमय झाँकीसहित श्रीमद्भागवतको कथा वाचन गर्नेछन् । विन्ध्यवासिनी मन्दिरको प्राङ्गणमा हुने महायज्ञ हरेक दिन बिहान ९ बजेबाट मध्यान्ह १२ बजेसम्म र दिउँसो २ बजेबाट अपरान्ह ४ बजेसम्म विभिन्न विद्वानहरु विन्ध्यवासिनी पीठाधीश स्वामी निशेषानन्द जी महाराज, दार्शनीक वक्ता डा. भोला नारायण रेग्मी, जगन्नाथ रेग्मी, कृष्णान’रागी आचार्य, पश’पती पौडेलबाट कथा वाचन हुनेछ ।
यज्ञ कर्ताको रुपमा चन्द्ररमण पराजुली, उपवाचक चिन्तामणी पौडेल तथा गणेश सृजन जोशी रहनेछन् । विजया दशमीको अवधिभर मन्दिरमा नित्य पूजा बिहान ४ बजेबाट शुरु भई भक्ताजनकाे दर्शनका लागि मन्दिर ५ बजेबाट खुला हुनेछ । हरेक साँझा ६ बजे आरती हुनेछ ।
मन्दिरमा बिहान ५ बजेदेखि ९ बजेसम्म वाल गोपाल भजन मण्डल तथा विन्ध्यवासिनी भजन सम”हबाट भजन कृतन ह’नेछ । समितिले महोत्सवबाट सांस्कृतिक सद्भावको अभिबृद्धि हुने, धर्म, संस्कृति र परम्पराको संरक्षण तथा धार्मिक पर्यटनको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरेको छ ।