पर्यटककाे पर्खाइमा कुशादेवीस्थित नागी डाँडाकाे “नागी टावर”

-



     दुर्गाप्रसाद हुमागाई    
     कार्तिक ८ गते २०८० मा प्रकाशित



काभ्रे ८ असाेज । काभ्रे जिल्लाकाे पनाैति नगरपालिका वडा नं २ नागी डाँडामा निर्माण भइरहेकाे रमणीय “नागी टावर” यतिबेला पर्यटककाे पर्खाइमा छ ।

पनाैति नगरपालिका वडा नं २ का वडा अध्यक्ष पुरूषाेतम अधिकारीकाे बिशेष पहलमा वडाकै बजेटमा बनिरहेकाे याे नागी टावर तथा रिसोर्टकाे निर्माण अन्तिम चरणमा रहेकाे बताइएकाे छ ।

यस “नागी टावर”बाट रमणीय हिमालकाे दृश्य देख्न सकिन्छ भने पनाैती, धुलिखेल, नाला, कुशादेवी, फुलचाेकी क्षेत्रकाे दृश्याबलाेकन गर्न सकिने स्थानिय बद्री प्रसाद आचार्य बताउछन।

यस नागी क्षेत्रबाट निकट भबिश्यमा प्याराग्लाइडिङकाे ब्यवसायीक उडान हुन गइरहेकाेले नागीडाँडा क्षेत्रमा पर्यटककाे आवागमन बढ्ने र यो क्षेत्रलाई पर्यटन हबका रुपमा बिकास गरिने पनाैति नगरपालिका वडा नं २ का वडा अध्यक्ष पुरूषाेतम अधिकारीले सफल आवाजलाई बताए ।

उक्त नागी टावरमा रिसोर्ट समेत हुने भएकाेले पर्यटकहरूलाई बस्ने सुबिधा समेत हुनेछ । हालका लागी नागी डाँडामा हाेम स्टेकाे समेत सुबिधा रहेकाे स्थानियबासी बद्री प्रसाद आचार्यले बताएका छन ।

अहिलेपनि नागीडाडामा काठमाडाैं, काभ्रे, सिन्धुपाल्चाेक लगायत बिभिन्न स्थानबाट आएका मानिसहरू कुशादेवीदेखि हाइकिङ गरेर “नागी टावर” सम्म पुग्ने गरेका छन। अहिले नागी डाँडासम्म कच्ची सडक समेत पुगेकाेले यातायातकाे साधनमार्फत पनि आन्तरिक पर्यटक जाने गरेका छन ।