सरस्वती टिका बहुमुख क्याम्पसकाे भवन निर्माणार्थ देउसीभैलो

-



     सफल आवाज    
     कार्तिक २३ गते २०८० मा प्रकाशित



पोखरा, २३ कात्तिक । पोखरा महानगरपालिका वडा नं. ३३, कालिकास्थान, भरतपोखरीमा सञ्चालित सरस्वती टिका बहुमुखी क्याम्पसको भवन निर्माणार्थ यही कात्तिक २४ गतेदेखि ३० गतेसम्म देउसीभैलो गरिने भएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी वि.सं. २०६९ सालमा स्थापित दक्षिण पोखराको एक मात्र सामुदायिक क्याम्पसले विभिन्न आरोह अवरोहका बीच १० वर्ष पार गरिसक्दा पनि आफ्नो भवन नहुँदा समस्या भोग्नुपरेको वास्तविकतालाई दृष्टिगत गरी भवन निर्माणका लागि देउसीभैलो गर्न लागिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।

दिगो आर्थिक स्रोत र भौतिक पूर्वाधारको अभावमा क्याम्पस संकटमा पर्दै गएको उल्लेख गर्दै उहाँले क्याम्पसको अस्तित्व र पहिचान टिकाउनुु जरुरी रहेको बताए ।

सरस्वती टिका बहुमुखी क्याम्पसको जीवन रक्षाको निम्ति र दीर्घकालसम्म यस क्याम्पसलाई जीवन्त बनाउन शैक्षिक गतिविधि सञ्चालन गर्न क्याम्पसको जग्गा दर्ता प्रकृया, एक करोडसम्मको अक्षयकोष, आठ कोठे पक्की भवनको निर्माण तथा आगामी वर्षहरूमा बि.बि.ए लगायतका प्राविधिक विषयहरू सञ्चालन गर्न सहयोग जरुरी रहेको उनले बताए ।

क्याम्पसको स्थापनाका लागि झन्डै ४९० जना सेनेटर सदस्यहरू संगठित भई विश्वविद्यालय तहको चार वर्षे बि.बि.एस. (द्य।द्य।क्) (व्यवस्थापन) तथा सामाजिकी तथा मानविकी शास्त्र संकाय (द्य।ब्) का कक्षाहरू सञ्चालन भैरहेको क्याम्पस प्रमुख महेन्द्रराज अधिकारीले बताए।

क्याम्पसले आर्थिक तथा भौतिक संरचना विकासका अभावका वावजुत पनि शैक्षिक उपलब्धी हासिल गर्ने सन्दर्भमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनाँले बताए।

दक्षिण पोखराको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक गहना र सिंगो फुस्रेखोला र सेती नदी पारीका कृष्ति, निर्मलपोखरी, भरतपोखरी, स्याङ्जाको टक्सार, तनहुँ र पोखराको २९ र ३० नं. को वडा समेतलाई केन्द्रित गरि सेवा प्रदान गरिरहेको उनको भनाइ छ ।