तातोपानी कुण्डमा स्नान गर्नेको भीड

-



     सफल आवाज    
     मंसिर १८ गते २०८० मा प्रकाशित



म्याग्दी, १८ मङ्सिर। यतिबेला प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका-४ मा रहेको सिंगा तातोपानी कुण्डमा स्नान गर्ने सर्वसाधारणकाे भीड लागेकाे छ।

बिरेनुनको गन्धमा ५० डिग्री सेल्सियस तापक्रममा मुहानबाट निस्कने तातोपानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेमा चोट पटक लागेको, ग्यास्ट्रिक, बाथ, सुन्निएको जस्ता समस्या निको हुने जनविश्वास रहेको छ । तस्बिरः सन्तोष गौतम/ रासस