मध्यपश्चिम विश्वविद्यालयमा “विद्यार्थीसँग शंकर पोखरेल” विषयक अन्तरक्रिया कार्यक्रम

-



     सफल आवाज    
     मंसिर २० गते २०८० मा प्रकाशित



धनगढी, २० मंसिर । मध्यपश्चिम विश्वविद्यालयमा “विद्यार्थीसँग शंकर पोखरेल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यता एवं मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहको अध्यक्षतामा “ विद्यार्थीसँग शंकर पोखरेल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।

मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय कुइनेपानी स्थित सेमिनार हलमा संचालित अन्तरक्रिया कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए ।

स्वागत मन्तव्य पश्चात विश्वविद्यालयका उपकुलपतिले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए भने प्रमुख वक्ताको रुपमा महासचिव शंकर पोखरेलले मन्तव्य राखेका थिए । उनले मध्यपश्चिम विश्वविद्यालयले शैक्षिक क्षेत्रमा हासिल गरेको प्रगती र सकारात्मक प्रयासको प्रसंशा गर्नुका साथै विश्वविद्यालय नेतृत्वले गरेका सकारात्मक प्रयास र कार्यमा सबैले साथ सहयोग दिनु पर्ने कुरामा जोड दिएकाे बताइएकाे छ ।

समापनका क्रममा बोल्नुहुँदै उपकुलपति प्रा. डा. सिंहले एमालेका महासचिव, पुर्व मन्त्री एवं लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले गरेको विश्वविद्यालय भ्रमण तथा अन्तरक्रिया कार्यक्रमले सबैमा सकारात्मक उर्जा प्रवाह गरेको र विश्वविद्यालयको शैक्षिक उन्नयनमा हातेमालो गर्दै सकारात्मकताका साथ अगाडी बढ्न सबैलाई प्रेरणा प्रदान गरेको उल्लेख गरे।

उक्त अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका नेत्री सुजिता शाक्य, विश्वविद्यालयका पदाधिकारीहरू , प्राध्यापक, कर्मचारी, पत्रकार, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।