अध्यक्ष करण चौधरीको नेतृत्वमा नाडाको नयाँ केन्द्रीय कार्यसमिति बिस्तार

-



     सफल आवाज    
     पौष २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ पुस । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नवनिर्वाचित अध्यक्ष करण चौधरीको अध्यक्षतामा आज बसेकाे केन्द्रीय कार्य समितिको पहिलो बैठकले नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन गरेको जानकारी दिएको छ ।

पुस २० गते काठमाडौंमा सम्पन्न नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४७ औं वार्षिक साधारण सभाले करण चौधरीलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित गरेको थियाे ।

सो साधारण सभाले १७ जना केन्द्रीय कार्यसमिति सदस्यहरुलाई समेत सर्वसम्मत निर्वाचित गरेको थियो । नवनिर्वाचित अध्यक्ष चौधरीको अध्यक्षतामा आज बसेको नाडा केन्द्रीय कार्य समितिको पहिलो बैठकले नाडाको विधान २०७१ को संशोधित विधान २०८० बमोजिम पदाधिकारीहरु सर्बसम्मत रुपमा निर्वाचित गरेको जनाएको छ ।

निबर्तमान अध्यक्ष डा. ध्रुव थापा, बरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा पुष्कर ओझा र तेजनारायण साह, अन्य उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठलाई चयन गरेको छ ।

बैठकले महासचिवमा सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंहानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सहकोषाध्यक्षमा पंकज अग्रवाललाई निर्वाचित गरेको छ ।

बैठकले संस्थागत सदस्यहरुमा सञ्जयकुमार श्रेष्ठ, कुलबहादुर क्षेत्री, कृष्णप्रसाद श्रेष्ठ, गणेशप्रसाद भट्टराई, भद्र भण्डारीलाई निर्वाचित गरेको छ ।

बैठकले केन्द्रीय कार्य समितिको सदस्य पदमा सुनिल रिजाल, प्रकाश कपुरी, कपिल शिवाकोटी, प्रदिपमान प्रधान, यमुना श्रेष्ठ, संजयकुमार खेतान, नवराज भुषाल, ऋद्धि कार्की, दिपेन्दकुमार मिश्र र सौरभ थापालाई निर्वाचित गरेको छ ।

नाडाको विधान बमोजिम नवनिर्वाचित अध्यक्ष चौधरीले मेघराज पौडेल, निलमणी पाठक र सोहन श्रेष्ठलाई सोही केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनित गरेका छन् ।