
काठमाडौं, ९ माघ । दुई पांग्रे सवारी साधन बिक्री गर्दै आएको ज्योति ग्रुप साे कार्यबाट बिमुख भएपछि त्यसकाे कार्यभार चाैधरी समूहमा गएकाे छ ।
अब यसकाे अधिकृत बिक्रेता खोसिएर चाैधरी समूहमा गएको छ। हिरो माेटरसाइकल ब्रान्डकाे आधिकारिक बिक्रेताकाे रुपमा चाैधरी समूह नियुक्त भएपछि उस्ले काराेबार गर्नेछ ।
ज्याेति समूहले हिराेकाे प्राेडक्टहरुकाे बिक्रीमा बढाेत्तरी गर्न सकेकाे थिएन । उनीहरुमा देखिएकाे आन्तरीक समस्याकाे कारण पनि हिराेकाे बिक्रीमा प्रगति नभएकाे जनाइएकाे छ ।
हिरो मोटोकर्प र सीजी मोटर्स दुवैले नेपालमा एसेम्बलिङ उत्पादनका लागि पूर्वाधार बनाउने बताइएकाे छ । दुबै जनाए अनुसार नेपालमा नयाँ लगानी ल्याउने र रोजगारीका सिर्जना संयुक्त विज्ञप्तिमा जनाएका छन्।
हिरो मोटोकर्प र सीजी मोटर्स दुवैले नवलपुरमा एसेम्बलिङ उद्योग खोल्ने छन्। उनीहरुले वार्षिक ७५ हजार युनिट दुई पांग्रे साधन उत्पादन गर्ने भएका छन्। याे काम मार्चबाट शुरु हुनेछ।
हिरो मोटोकर्पका सञ्जय शाहले चौधरी समूहसँग मिलेर काम गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया बताए । कम्पनीका एक्सपल्स २००, एक्सपल्स २०० टी, एक्स्ट्रिम रेन्ज, स्प्लेन्डर रेन्ज, ग्लामर र एचएफ डिलक्स मोटरसाइकल तथा स्कुटर लाेकप्रिय रहेका छन् ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




