ज्ञानभूमि मा.वि.को ६३ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

-



     सफल आवाज    
     फागुन २ गते २०८० मा प्रकाशित



पोखरा, २ फागुन । पोखरा महानगरपालिका वडा नं ३ मा रहेको ज्ञानभूमि मा.वि.को ६३ औ वार्षिकोत्सव तथा अभिभावक दिवस २०८० विभिन्न पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं ३ का अध्यक्ष प्रकाशमान उदासले बालबालिका भोकिा देशका कर्णधार भएकोले उनीहरुको शिक्षदिक्षामा ध्इान दिनुपर्ने बताए ।

शिक्षाको विकास भए मात्रै त्यसले समाज र राष्ट्रलाई योगदान पुग्ने उनको भनाई थियो । सो अवसरमा उनले वडाको तर्फबाट सक्दो सहयोग हुने बताए ।

विशेष अतिथि पोखरा महानगरपालिकाका शिक्षा महाशाखा अधिकृत जीवन रेग्मीले सामुदायीक विद्यालयको शिक्षामा सुधारको खाँचो रहेको बताए । विद्यालयले पनि विद्यार्थीको लागि मेहनत गर्नैपर्छ, उनले भने अभिभावकको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ ।

रेग्मीले विद्यालयले के गरिरहेको छ, विद्यार्थीको पढाई कस्तो छ र केही सल्लाह भए निर्धक्कले भन्न आग्रह गरे । उनले यो उमेर विद्यार्थीहरुको पढ्ने उमेर भएकोले राज्यको लगानिलाई खेर जान दिन नहुनेमा जोड दिए ।

विद्यालयका प्रधानाध्यापक विनोदराज सुवेदीले विद्यालयको शैक्षिक तथा पूर्वाधार र शैक्षिक उन्नयनका बारेमा समेटिएको प्रतिवेदन पेश गरे । विभिन्न व्यक्ति, संघ, संस्था, स्थानीय सरकारबाट शिक्षा, खेलकुद र भौकि निर्माणमा सहयोग प्राप्त भएको बताए ।
प्रधानाध्यापक सुवेदीले आगामी दिनमा विद्यालयमा आधुनिक शौचालय, सभाहलको आवश्यक्ता रहेको र यसको कार्यायोजनाका लागि प्रयास भईरहेको बताए । कक्षकोठामा पर्याप्त फर्निचरको व्इवस्था गर्ने, स्तरिय विज्ञान प्रयोगशाला, पुस्तकालयमा अध्ययन सामग्रीको व्यवस्थापन गरिने योजना रहेको सुनाए ।

कार्यालयका लागि फर्निचरको आवश्यक्ता रहेको, वर्सरिदेखि कक्षा एकको बीचमा केजि कक्षा संचालन गर्ने, पिउने पानीको प्रसोधन सामग्री खरिद गर्ने, सुरक्षाका लागि सिसि क्यामरा राख्ने, प्रविधिमैत्री सुकाईका लागि प्रोजेक्ट जडान गरिने सुवेदीले बताए ।
विद्यालयमा विद्यालयमा स्थायी, राहत, अनुदान निजि श्रोत, ईसिडिसहित १५ जना शिक्षक तथा १ लेखापाल र १ कायाृलय सहयोगिसहित १७ जना रहेका छन् । शिशु कक्षादेखि कक्षा १० सम्म १६७ जना छात्र र ६५ जना छात्रा गरी २३२ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रधानाध्यापक सुवेदीले विभिन्न दाताहरुबाट अक्षयकोषका लागि १ लाख ५० हजार प्राप्त भएको, खानेपानी ट्यांकी निर्माणका लागि ४ लाख ६० हजार सहयोग आएको बताए ।

कार्यक्रमा विद्यार्थीले लबनाए विज्ञान सामग्रीहरु र चित्रकलाको प्रदर्शनी गरिएको थियो भने नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा २० वर्ष सेवा गरेको शिक्षकलाई दीर्घसेवा पदकबाट सम्मान तथा विभिन्न क्रियाकलाप र खेलका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्य गुभाजुले सहभागि सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।