‘जुनी जुनीलाई’ म्युजिक भिडियो सार्बजनिक

-



     सफल आवाज    
     फागुन ११ गते २०८० मा प्रकाशित



पोखरा, ११ फागुन । गायीका सुनीता थापाको नयाँ गीत र म्युजिक भिडियाे ‘जुनी जुनीलाई’ सार्वजनिक भएको छ । गीतमा सुनीता तथा राजेन्द्र बाराजुलीको स्वर रहेको छ ।

सुनीताको यो पहिलो गीत हो । यसअघि उनले केही ट्र्याकहरुमा गीत रेकर्ड गर्दै सामाजिक सन्जालमा पोस्ट गर्दै आइरहेकी थिइन । अष्ट्रेलियामा बसोबास गर्ने सुनीता गीत संगीतमा निकै समय बिताउने गर्छिन् । पहिलो प्रयासबाट आफुलाई थुप्रै हौसला मिलेको आफ्नो अनुभव सुनाउदै हरेक पटक नेपाल आउँदा एउटा गीत रेकर्ड गर्ने मनसाय रहेको कुरा गीत सार्बजनिक गरेकाे बेलामा बताइन्।  

म्युजिक भिडियाेमा गायिका सुनीता र खिम लामिछाने काजीको अभिनय छ । काजी पोखरामा रहेर सामाजिक कार्य गर्नुका साथै फोटोग्राफी र साहित्यमा रुची राख्छन्। गीतको लेखन र संगीत टेक नारायण चापागाइले गरेका छन् भने एरेञ्ज राजेन्द्र बाराजुलीको छ ।

युवाहरुमा हुने प्रेम तथा रोमान्सलाई गीतमा उनेर संगीत गरिएको छ । सोही अनुसारको कथामा आधारित रहेर निर्देशक तारानाथ आचार्यले निर्देशन गरेका छन् भने अनिस खड्काले छायाङ्कन गरेका छन् । गीतमा मोडल रहेका खिम काजीले पोखरा फेवातालको सौदर्यलाई उजागार गर्ने उदेश्यले लकेसाइड गौरीघाट पेरिसरमा रहेको शिवजीको मन्दिर तथा अन्य लेकसाइड वरपरका दृश्यहरुलाई भिडियोमा समाबेश गरेको बताए । स्थायी घर पोखरा भएका महेन्द्र थापाले म्युजिक भिडियोको निर्माण देखी सार्बजनिक गर्ने काम गरेका हुन्।