कुमुदिनी होम्सको क्वीज प्रतियोगितामा प्रथम बन्याे न्यू मोडल स्कुल, गण्डकीलाई दोश्रो र ग्लोबललाई तेश्रो पुरस्कार

-



     सफल आवाज    
     फागुन ११ गते २०८० मा प्रकाशित



पोखरा, ११ फागुन । कुमुदिनी होम्स माध्यमिक विद्यालयले आयोजना गरेको दोश्रो कुमुदिनी अन्तर विद्यालय स्तरिय क्वीज प्रतियोगितामा न्यू मोडल सेकण्डरी स्कुल प्रथम भएको छ ।

यस्तै प्रतियाेगितामा गण्डकी बाेर्डिङ स्कुल दोश्रो र ग्लोबल कलिजियट तेश्रो भएका छन । सान्ताेना स्थान बाल मन्दिरले प्राप्त गरेकाे छ ।

प्रथम हुन सफल भएको न्यू मोडलको टीमले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । टीममा अरिज पोखरेल, अन्दिज बस्ताकोटी र सजीता सिंह रहेका थिए ।

पोखरा महानगरपालिका गैह्रापाटनस्थित विद्यालयको सभाहलमा आयोजना गरिएको क्वीज प्रतियोगितामा दोश्रो हुन सफल गण्डकी बोर्डिङको टीमले नगद १० हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । गण्डकीको टीममा श्रीया पौडेल, अभिनव ढुंगाना र प्रसुन अधिकारी रहेका थिए ।

तेश्रो भएकाे ग्लोबल कलेजियट स्कुलले नगद ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । टीममा प्रनिल आचार्य, सन्देश सापकोटा र जोशीला अधिकारी रहेका थिए ।

प्रतियोगितामा बाल मन्दिर मा.वि ले सान्त्वना स्थान हाँसिल गर्न सफल भएको छ । बाल मन्दिरको टीमले नगद ५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । टीममा राजु तिमिल्सिना, रक्षा शर्मा र स्वस्तिका पौडेल थिए ।

दोश्रो कुमुदिनी अन्तर विद्यालय क्वीज प्रतियोगितामा पोखराका १५ विद्यालयका ९ र १० कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुले भाग लिएका कुमुदिनी होम्स मा.वि का भाईस प्रिन्सिपल मुकेशकुमार अधिकारीले जनाकारी दिए ।

समापन समारोहमा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीको शिक्षण सिकाई संगसंगै यस्ता प्रश्नोत्तरका प्रतियोगिताले उनिहरुको दक्षता अभिबृद्धि गर्नमा सघाउने बताए ।

विद्यार्थीमा भएको प्रतिभा देखाउने याे प्लेटफर्म पनि हो । उनीहरुलाई अतिरीक्त क्रियाकलापहरुमा पनि सहभागि गराउनु पर्छ, उनले भने, यस्ले उनीहरुको सर्वाङ्गिण विकासमा टेवा पुग्छ । पालिखेले विजेता र सहभागि विद्यालय र विद्यार्थीहरुलाई आभार व्यक्त गरे ।