एसइइको तयारी गरिरहेका विद्यार्थीलाई कुमुदिनी हाेम्सकाे उत्प्रेरणा

-



     सफल आवाज    
     फागुन १७ गते २०८० मा प्रकाशित



पोखरा, १८ फागुन । पाेखराकाे गैह्रापाटनमा रहेकाे कुमुदिनी होम्स मा.वि.ले एसइइ नजिकिदै गर्दा १० कक्षाका विद्यार्थीहरुको लागि शैक्षिक परामर्शको कार्यक्रम सम्पन्न गरेको छ ।

अध्यक्ष पालिखेले भने, हामीले विद्यालय भवन होईन घर बनाएका छौं। यसलाई आफ्नै घर सम्झेर र विश्वास गरेर अभिभावकहरुले बच्चाहरुलाई अध्ययनको गन्तव्य बनाउनु भएकोमा आभार व्यक्त गर्छाैं ।

उनले भने, त्यसैले यो प्रकृति, संस्कृति र सम्पदायुक्त नेपाली शैलीको भवन र रमणीय वातावरणमा पढाउन पाउँदा हामीलाई पनि गर्व लागिरहेको छ । भविष्यमा खाेजिकाे विषय बनाेस् भन्रे पनि हाे । जहाँ २००, ३०० वर्ष पूराना झ्यालहरु भक्तपुरबाट ल्याएर राखिएकाे हाे ।

गाउँ बन्न, टोल, समाज र देश बन्न असल शिक्षा र सबल तथा सक्षम नागरिक हुनुपर्छ । राम्रो शिक्षाकै लागि हामीले कास्की जिल्लामै सबैभन्दा पहिले ब्रिटिश कोर्ष इन्टरनेशनल प्राइमरी करीकुलम अनुसार पढाई शुरु गर्यौं । साथै न्यूजिल्याण्डको थ्रि डिआई कम्प्युटर कोर्षको अतिरीक्त कक्षा संचालन गरिरहेका छौं ।

विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले सहभागी ८६ जना विद्यार्थीहरुको साथमा मोटिभेटर संघर्ष क्षेत्रीलाई स्वागत गर्दै उत्कृष्ट नतिजाका लागि विद्यालयकाे अतिरीक्त शैक्षिक परामर्शदाता, विज्ञका कुराहरुलाई आत्मसाथ गर्न आग्रह गरे ।

मोटिभेटर संघर्ष क्षेत्रीले परिक्षा दिन जाँदा पूर्वका दिनहरुमा आर्जन गरेका ज्ञान, सिप र शैक्षिक जानकारीहरुलाई स्मरणमा राख्न आग्रह गरे ।

परिक्षा कोठामा पुगेपछि जब उत्तरपुस्तिका हातमा पर्छ सबैभन्दा पहिले पुस्तिकाको जाँच गर्नुपर्छ । भित्र खालि भएको, च्यातिएको र असाधारण अवश्थामा भए तुरुन्तै खबर गर्नुपर्छ । पुस्तिकाको मार्जिन निक्र्योल गर्नुपर्छ ।

प्रश्नपत्र बाँडेपछि बढीमा पाँच मिनेटसम्म सबै प्रश्नपत्रहरु पढ्ने गर्नुपर्छ । बिचमा कुनै प्रश्न छोडेर खालि ठाउँ राख्न नहुने, आधा लेखेर आधा अर्को पेजमा नलेख्ने तथा प्रश्नहरु सबै हल गर्नुपर्ने सुझाए ।

आईपिसि इकाई “एक्टिभ प्लानेट” निकास बिन्दुको उत्सव

यसैबीच, विद्यालयमा साईन्स एक्जिविशनको अघिल्लो दिन बिहिबार कक्षा ४ का विद्यार्थीले आईपिसि इकाई “एक्टिभ प्लानेट” को निकास बिन्दुको उत्सव मनाए ।

ए, बी र सी सेक्सनमा रहेका उनीहरुले अभिभावक, शिक्षक सहितको कार्यक्रममा गुरुहरुले दिएका विषयहरुमाथिका सैद्धान्तिक कुरा विभिन्न समूहमा रहेर बताए । साथै उनीहरुले निर्माण गरेका विषयगत बस्तुहरुको प्रयोगात्मक प्रदर्शन गरेका थिए ।

विद्यार्थीले भूकम्प कहिले जान्छ निश्चित नभएपनि आईहाले त्यसबाट जोगिनका लागि पूर्वका दिनहरुमा गर्नुपर्ने तयारी, जाँदाको समयमा अपनाउनु पर्ने होसियारी र गएपछि आवश्यक सहयोगका बारेमा प्रस्तुति देखाएका थिए ।

उनीहरुले ज्वालामुखिको सन्दर्भलाई लिएर यसका आयामहरु, चरणहरु, पार्ने प्रभाव र विश्वका कुन कुन देशमा ज्वालामुखिको प्रभाव र असर देखिएको छ भन्ने बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रस्तुति दिएका थिए ।

अभिभावक चित्र बहादुर सुनार लगायतले बालबालिकाका लागि अतिरीक्त सिकाईको लागि विद्यालयले गरेको योगदान सह्रानिय भएकोे बताए । उनीहरुले भने, हाम्रै अगाडी भूकम्पको चर्चा गरे, ज्वालामुखिको कुरा गरे र यसका विभिन्न चरण र असर लगायतका विषयमा हामीलाई पनि थाहा भयो । हाम्रा पालामा यस्ताे कहाँ थियाे र ? असल नारिक बनाउन विद्यालयले गरिरहेको प्रयत्न सह्रानिय भएको उनिहरुको भनाई थियो ।

सो अवसरमा विद्यालयका भाईस प्रिन्सिपल मुकेश अधिकारी, मन बहादुर भुजेल लगायत शिक्षक, अभिभावक र पाहुनाहरुले रूचिपूर्वक अवलाेकन गरेका थिए ।