कुमुदिनी होम्सका विद्यार्थीले गरे बृहत् विज्ञान प्रदर्शनी

-



     सफल आवाज    
     फागुन १८ गते २०८० मा प्रकाशित



पोखरा, १८ फागुन । पोखरा गैह्रापाटनकाे कुमुदिनी होम्स माध्यमिक विद्यालयका विद्यार्थीले आज बृहत् विज्ञान प्रदर्शनी गरेका छन् ।

परिक्षाको तयारीमा रहेको कारण १० र १२ कक्षा बाहेक १ देखि ११ कक्षाका विद्यार्थीहरु विज्ञान प्रदर्शनीमा सहभागि भएका संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।

विद्यार्थीहरु गुरुहरुबाट पाएको ज्ञानलाई व्यवहारीक तथा प्रयोगात्मक हिसाबले सफल भएको उनले बताए । उनीहरुकाे क्रियटिभिटी देखिएको छ । विज्ञान, प्रविधि, निर्माण क्षेत्र, विकासका संरचना, शहरी र नेपालको ग्रामिण परिवेशको झझल्को दिनेगरी उनीहरुले सिकाईको क्रममा सामाग्रीहरु तयार गरेर ल्याएका हुन् ।

हामीलाई निकै खुसि लागेको छ । अध्यक्ष पालिखेले भने, हाम्रो शैक्षिक पद्धति भनेकै सिकेको सिपलाई व्यवहारमा उतार्ने हो जो यस प्रदर्शनीबाट देखिएको छ ।

विद्यार्थीले ब्रम्हान्डको निर्माण गरेका छन् । सोलार सिस्टम बनाएका छन् । हाइड्रोलिक जेसिभि, डोजर बनाएका छन् । कसैले पानी फिल्टर बनाएका छन् । यस्तो कार्यक्रमलाई हामीले हरेक वर्ष निरन्तर गर्दै जाने उनले बताए ।

अहिले जहाँतहिं कंक्रिटको जंगल बनेको छ । तर उनीहरुले आधुनिक शहर र ग्रामिण बस्तिको झझल्को नमूना बनाएका छन् । ढिकी, जाँतो, चौतारा लगायतका सामग्री बनाउनुले उनीहरुको सिर्जनशिलतामा निखार आएको छ। पालिखेले भने, हामीले खोजेको पनि यहि खुसि हो जो हाम्रा बच्चाहरुमा देखिएको छ ।

किताबी पढाईले मात्रै सबल र सक्षम विद्यार्थी र भविष्यको अब्बल नागरिक नहुने भएकोले हामीले प्रयोगात्मक तथा समय अनुसार आईरहेको नयाँ नयाँ शैक्षिक पद्धतिलाई अवलम्बन गरिरहेका छौं । पालिखेले भने, कास्कीमै हामीले पहिलो पटक ब्रिटिश कोर्ष इन्टरनेशनल प्राइमरी करिकुलम अनुसारको पढाई संचालन गयौं ।

यस्तै न्यूजिल्याण्डको थ्रि डिआई कम्प्युटर कोर्षको अतिरीक्ता कक्षा संचालन भईरहेको जानकारी दिए । यसका साथै शिक्षकहरुका लागि फिजिकल तथा अनलाईन तालिमको व्यवस्था र विद्यार्थी अभिभावकको लागि उत्प्रेरणा जगाउने कार्यक्रमहरु निरन्तर भईरहेकाे बताए ।

विज्ञान प्रदर्शनमा सहभागि भएकी ग्रेड दुईकी जेनिसा खड्काले भनिन्, हाम्रो टीमले सोलार सिस्टम बनाएको छ । आरोहनहाङ लिम्बु, रेयान्स श्रेष्ठ र अनुज गुरुङको टीमले ट्राफिक लाईटको निर्माण गरेकाे देखियो र उनीहरुले अवलोकनकर्तालाई त्यसको उपयोगको बारेमा जानकारी पनि दिए ।

कक्षा ११ की अग्रता क्षेत्रीको टीमले फाएर डिटेक्टर बनाएको र त्यसको प्रयोग गरेर पनि देखाईन् । कक्षा ११ कै विराज सापकोटाको टीमले वाटर फाउन्टेन बनाएका छन् । सुदेक्षा, सानु श्रेष्ठ र एलेक्सा बज्राचार्यको टीमले सोलार सिस्टम निर्माण गरेको प्रदर्शनमा राखेका छन् । स्लोप वराल र स्यायोन लोहनीले वाटर डिस्पेन्सर बनाएका छन् । साथै उनीहरुले पेरिस्कोप बनाएका छन् ।

कक्षा ११ की स्तुती वरालको टीमले हाइड्रोलिक जेसिभि बनाएका छन् । प्रदर्शनीमा विद्यार्थीले श्वासप्रस्वास प्रक्रिया र फोक्सोको चाल, सुक्षम किटाणु हेर्ने सुक्ष्मदर्शन यन्त्र, ग्रिनरी भ्याली, सम्पदा, सांस्कृतिक धरोहर र नेपाली सभ्यतासंग गाँसिएका सामग्रीहरु राखेका छन् ।

प्रदर्शनीलाई अभिभावक र शैक्षिक सरोकार राख्ने व्यक्तित्वहरुले अभिरुचिका साथ अवलोकन र विद्यार्थीसंग सवालजवाफ गरेका थिए ।