लगानीकर्ताको रकम नडुब्ने गरी काम गर्नुपर्छ : अर्थमन्त्री पुन

-



     सफल आवाज    
     चैत्र ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ चैत । अर्थमन्त्री वर्षमान पुनले मनग्य आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानीकाे बिस्तार हुनुपर्ने बताएका छन् । आज नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रममा बाेल्दै उनले साे कुरा बताएका हुन्।

अर्थमन्त्री पुनले भने, कोषबाट दीर्घकालीन महत्वका पूर्वाधार निर्माणमा लगानी हुनुपर्छ । ठूला आर्थिक वृद्धि हुने खालका क्षेत्रका साथै रोजगारी दिन सकिने क्षेत्रमा लगानी गर्नुपर्छ ।

कार्यक्रममा अर्थमन्त्री पुनले लगानी कर्ताको पैसा डुब्न नदिनेगरी काम गर्नुपर्ने र त्यसकाे जिम्मेवारी कोषले लिनुपर्ने बताए । अर्थ क्षेत्रमा भएका समस्याहरुकाे बारेमा जानकार रहेकाे बताउदै पुनले तिनिहरुकार्वे समाधानका लागि लागिरहेकाे बताए । उनले विगतका कमजोरीहरुलाई सुधार गरेर जानुकाे विकल्प नभएकाे बताए ।

साे अवसरमा पुनले राजनीतिमा शुद्धिकरणकाे खाँचाे भएकाे बताए । राजनीतिक नेतृत्वबाट शुद्धिकरण सुरु हुनुपर्छ भन्दै उनले प्रशासनिक क्षेत्रमा पनि शुद्धिकरण चाहिएकाे बताए । यदी यसाे भएकाे खण्डमा हामी चाहेकाे लक्ष्यमा पुग्न सक्छौं, उनले भने ।