कुमुदिनी मन्टेसरी वर्ल्डका विद्यार्थीको दिक्षान्त समारोह र एसइइका विद्यार्थीलाई वधाई

-



     सफल आवाज    
     चैत्र २३ गते २०८० मा प्रकाशित



पोखरा, २३ चैत । पालैपालो समूहमा रहेर र एकल रुपमा विद्यार्थीहरुले नेपाली मौलिक, समावेशी राष्ट्रिय सन्देश बोकेका गीतहरुमा विद्यार्थी नाच्दै, गाउँदै गरिरहेको बेलामा दर्शक दिर्घामा रहेका अभिभावकहरु ताली बजाईरहेका थिए ।

विद्यार्थी साचिले शव्दहरुबाट आगन्तुकलाई स्वागत गरिसकेपछि लगत्तै विद्यार्थीहरुले नै सामूहिक रुपमा “घर हाम्रो नेपाल, हामी नेपाली” गीतमा स्वागत नृत्य प्रस्तुत गर्दाको माहोल हेरिरहुँ लाग्ने थियो ।

शुक्रबार मध्यान्हतिर पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनमा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्स माध्यमिक विद्यालयमा कुमुदिनी मन्टेसरी वर्ल्ड प्रि ii का विद्यार्थीहरुको १५ औं दिक्षान्त समारोहमा ५९ विद्यार्थी तथा उनीहरुका अभिभावकहरुले रुचिपूर्वक विद्यार्थीका प्रस्तुतीहरुलाई नियाली रहेका थिए ।

साे अवसरमा उनीहरुलाई हाैसला प्रदान गर्न विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले पालैपालो मायाको चीनो तथा पुरस्कार हस्तान्तरण गर्दा र माथिल्लाे कक्षा पदार्पणको शुभकामना दिदै गर्दा माहोल शैक्षिक मेलाको जस्तो देखिएको थियो ।
हात हातमा माया चिनो बोकेका विद्यार्थीहरुसंगै अभिभावकहरु फोटो खिचाउन र उनीहरुको मनोवल उच्च बनाउन तल्लिन रहेका थिए ।

संस्थापक अध्यक्ष अशोक पालिखेले भने, हामीले विद्यार्थीलाई दिने शिक्षाका लागि हरतवरको मेहनत गररिहेका छौं । विद्यालयको लक्ष्य नै सधैं उत्कृष्टता हासिल गर्ने भएपछि शिक्षाका लागि सम्झौता गर्न सक्दैनौ ।

उत्कृष्टता कामले र नतिजाले हुने हो । यसका लागि विद्यार्थी, शिक्षक तथा अभिभावकसंगको बेलाबखतको जमघट, तालिम, परामर्श, अभिप्रेरणा र हौसलाले सहयोगि भूमिका खेल्दछ जो हामीले गरिरहेका छौं । समय अनुसारको शैक्षिक पद्धति र वर्तमानमा विश्वमा विकास भईरहेका शैक्षिक तथा प्रविधियुक्त शैक्षिक कक्षा संचालन अपरिहार्य भएको पालिखेले बताए ।

हामीले कक्षा पाँचसम्म आईपीसि कक्षा संचालन गरेका छौं । कक्षा १ देखि १२ सम्म थ्रि डिआई कक्षा संचालन गरिएको पालिखेले बताए । कक्षा १२ मा साईन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयको पढाई भईरहेकोले विद्यार्थीलाई अन्यत्र चियाउनु पर्ने अवस्था नभएको बताए । उनले भने, हामीसंग छिनेडाँडाँमा होटल म्यानेजमेन्ट कलेज पनि छ । जहाँ अत्याधुनिक ल्यावसहित व्यवहारिक र सैद्धान्तिक कक्षा संचालन भईरहेका छन् ।

होटल म्यानेजमेन्टसंगै, विद्यार्थीले बीबीए, बीबीए बिआई अध्ययन गरिरहेको उनले बताए । यस शैक्षिक सत्रको लागि कक्षा १ देखि ९ सम्मको इन्ट्रान्स चैतको २६ गते हुन लागेकोले त्यसअघिसम्म छुट्नु भएका अभिभावकलाई विद्यार्थीलाई इन्ट्रान्समा सहभागि गराउन आग्रह गरे । छेउछाउका काेहि विद्यालयकाे खाेजिमा रहेकाे भए एक पटक भिजिट गराइदिन अनुराेध गरे ।

दिक्षान्त समारोहमा अभिभावक नीलिमा हिराचन श्रेष्ठ, संगीता पगेनी, खेम तिमिल्सिना र मेरिका श्रेष्ठले कुमुदिनीमा आफ्ना बच्चाहरुलाई पढाउँदा सन्तुष्ट भएको बताए ।

यसैबीच, विद्यालयले आजै यस वर्षको एसइइको अन्तिम दिन एसइइमा सहभागि ८६ जना विद्यार्थीलाई फूलमाला लगाई हौसला प्रदान गरेको छ । उनीहरुले राम्रो नतिजा ल्याउने अपेक्षा गरेकाे अध्यक्ष पालिखेले बताए ।

कक्षा १२ सम्मको अध्ययनको ढोका एसइइको नतिजापछि खुल्ने भएकोले मानसिक रुपमा माथिल्लो कक्षाको अध्ययनका लागि तम्तयार भएर स्फुर्तिका साथ रहन र लामाे छुट्टिलाई सदुपयाेग गर्न आग्रह गरे । कार्यक्रममा भाइस प्रिन्सिपल मन बहादुर भुजेल, मुकेश कुमार अधिकारीलगायत विद्यालयका शिक्षक तथा कर्मचारीहरु सहभागि थिए ।