ललितपुर-चन्द्रागिरी सम्पदा कार र्याली हुने

-



     सफल आवाज    
     जेठ २ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २ जेठ । नेपाल मोटर स्पोट्र्स एन्ड रोड सेफ्टि फेडेरेसन (NMRF) ले विश्व पर्यावरण दिवसको अवसर पारेर NMRF ले MOSROS ललितपुर-चन्द्रागिरी सम्पदा कार र्याली र राष्ट्रिय अटोक्रस च्याम्पियनशिप आयोजना गर्ने घोषणा गरेको छ ।

यो रोमांचक मोटर स्पाेर्टस् कार्यक्रममार्फत मोटर स्पोट्र्सको कार्यको साथमा नेपालका मनोरम तथा पुरातत्विक सम्पदाको प्रचार प्रसार गर्ने उद्देश्य लिइएको छ ।

र्याली ललितपुरको जावलाखेल मैदानबाट शुरू हुनेछ । ललितपुरको विभिन्न पुरातात्विक सम्पदा स्थलहरू कृष्णमन्दिर र काठमाडौं, स्वयम्भू स्तुपा र ऐतिहासिक किर्तिपुर शहरको पुरातत्विक सम्पदाअरू घुम्दै मनोरम मातातिर्थमा समापन हुनेछ ।

यस कार्यक्रममा दुई रोमाञ्चक खण्ड हुनेछन् । रेलीमा ड्राइभरहरूले तोकिएको गती, चालमा गाडी चलाउनुपर्नेछ । समय, गति, र दुरीको आधारमा ड्राइभरहरूले प्रतिस्पर्धा गर्नेछन् । सबैभन्दा सटिक प्रतिस्पर्धीलाई पहिलो, दोस्रो, र तेस्रो स्थानमा पुरस्कृत गरिनेछ । सबै गाडिहरु जिपियस मेसिनले ट्रर्याकिंग गरिरहेको हुनेछ ।

अटोक्रोस खण्ड मातातिर्थमा हुनेछ, जसमा राष्ट्रिय ड्राइभरहरूले उत्कृष्ट प्रदर्सनी गर्ने छन् । अटोक्रसमा भाग लिने गाडीहरूको श्रेणी १००० ( १६०० सीसी हुनेछ । रेलीको लागि सबै सिसिका कारहरुले सहभागिता जनाउन पाउनेछन् । यस प्रतियोगितामा अधिकतम २५ गाडीहरू रहेने छन्, प्रत्येकमा ड्राइभर र एक नेभिगेटर हुनेछन् ।
नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) अन्तर्राष्ट्रिय अटोमोबाइल खेलहरुको नियमक संस्था तथा रास्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्त संघ हो ।

ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको सहयोग र आबद्दता सहित हुन गईरहेको यस र्यालिमा ललितपुर, काठमाडौं सहित किर्तिपुर अनि चन्द्रागिरी लगायतका सम्पदाहरुलाई मोटर स्पोट्र्सका माध्यमबाट बिश्वस्तरमा पुराउने बिस्वास लिइएको छ ।

पत्रकार सम्मेलनमा एफआइएका विश्व परिषद सदस्य गोविन्द भट्टराई, नासा नेपालको अध्यक्ष दसराथ रिसाल, चन्द्रागिरीका वडा अध्यक्षहरू क्रमश १, ५, ६ र १० का घनश्याम लुइटेल र संजय सिग्देल, शिवकुमार महर्जन र ललितपुर महानगरपालिका लगायत अन्य बिशिस्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियाे ।