कुमुदिनीद्वारा दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र नगद हस्तान्तरण

-



     सफल आवाज    
     जेठ १८ गते २०८१ मा प्रकाशित



पाेखरा, १८ जेठ । पाेखरा वडा नं ४ मा रहेकाे कुमुदिनी होम्स माविले माछापुच्छ्रे गाउँपालिकामा रहेको बाराही प्रावि र पोखरा महानगरपालिका वडा नं १९ मा रहेको हिमालय प्राविका ८३ विद्यार्थीका लागि शैक्षिक सामग्री तथा नगद हस्तान्तरण हस्तान्तरण गरेको छ ।

विद्यार्थीलाई सामाजिक सेवामा लाग्नुपर्छ, समाज सेवा गर्नुपर्छ र सामाजिक उत्तरदायीत्व बहन गर्नुपर्छ भन्ने मान्यता अनुसार विद्यार्थीहरुले नै संकलन गरेको ३७६ वटा कपि, २९५ वटा पेन्सिल, १५८ वटा इरेजर र ३२९ वटा कटर गरेर ३७ हजार २७० रुपैयाँ बराबरको सामान हस्तान्तरण गरिएको हो ।

विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीलाई सामाजिक वातावरणमा घुलमिल गराउन र सेवाभाव जागृत गराउन जरूरी रहेकाे बताउदै साेहि मान्यता अनुसार कक्षा १ देखि १० सम्मका विद्यार्थीले संकलन गरेको सो सामग्री तथा विद्यार्थीकाे खाजा खर्चकाे लागि दुबै विद्यालयका लागि ५०/५० हजार रूपैयाँ चेक हस्तान्तरण गरिएको बताए ।

विद्यालयमा आयश्रोत कम भएका विद्यार्थीहरु अध्ययन गर्ने गरेकोमा उनीहरुको शैक्षिक सुधारका लागि तथा खाजाको बन्दोबस्त पनि मिलाएको उनले बताए ।

आठ दश वर्षदेखि हामीले यस्तो सहयोग गर्दै आएका छौं । अहिले विद्यालय व्यवस्थापन समिति पनि सक्रिय हुन लागेकोमा खुसि व्यक्त गरे । विद्यालयमा विद्यार्थीको संख्या घटिरहेको अवस्थामा शैक्षिक सामग्री, पोशाक र खाजाको व्यवस्थापन गर्न थालेपछि विद्यार्थी संख्या बढेको छ ।

पहिले हिमालय प्राविमा १३ जना विद्यार्थी भएकोमा अहिले ३८ जना भएका छन् । बाराही प्राविमा २३ जना भएकोमा अहिले ४५ जना भएका छन् । पालिखेले भने, बेला बेलामा त्यहाँका विद्यालयका शिक्षकको लागि तालिमको व्यवस्था र आईपरेको बेलामा सहयोग गर्दै आएका छाैं ।

अध्यक्ष पालिखे, भाइस प्रिन्सिपल मुकेश अधिकारी, मन बहादुर भुजेल र विद्यार्थीका लिडरले ति सामग्री र नगद माछापुच्छ्रे गाउँपालिका खादरजुङकाे वाराही प्राविका प्रधानाध्यापक रामप्रसाद आचार्य र पोखरा महानगरपालिका वडा नं १९ पुरन्चौरमा लप्सिटाकुरामा रहेको हिमालयल प्राविका प्रधानाध्यापक प्रेमकुमारी तिमिल्सिना “कमला” लाई हस्तान्तरण गरेका हुन् ।

वाराही आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद आचार्य र यस्तै हिमालयन प्राविका प्रधानअध्यापक प्रेम कुमारी तिमिल्सिनाले कुमुदीनीकाे शैक्षिक सामग्री तथा नगद सहयाेगकाे लागि आभार व्यक्त गरे ।

यसअघि कुमुदिनीले गएकाे वैशाख २५ गते दुई विद्यालयका गरी ८३ जना विद्यार्थीका लागि विद्यालय पोशाक हस्तान्तरण गरेकाे थियाे ।