अल्फा बोर्डिङ स्कुलमा लिटरेचर फेस्टिभल

-



     सफल आवाज    
     असार १ गते २०८१ मा प्रकाशित



पाेखरा, १ असार। पोखरा १६ लामाचौरकाे अल्फा बोर्डिङ स्कुलले शुक्रबार आफ्नै विद्यालय प्राङ्गणमा लिटरेचर फेस्टिभल सम्पन्न गरेको छ। कार्यक्रममा नेपाली साहित्य क्षेत्रका विभिन्न सर्जकहरुको उपस्थिति रहेको थियो ।

साहित्यकार तथा लेखक ‘भूपिन’ साहित्य क्षेत्रकै अर्को नक्षत्र गणेश पौडेल, संस्कृति कर्मी सुनिल उलक, लेखक तिर्थ गुरुङ तथा साहित्य अनुरागी त्रिवेणीको अन्तरक्रियात्मक प्रस्तुति रहेको थियो।

विद्यार्थीहरुलाई सांस्कृतिक तथा साहित्यिक महत्त्वका विषयमा उत्प्रेरित गर्दै शैक्षिक क्रियाकलापमा अग्रसर तुल्याउन उक्त कार्यक्रमको आयोजना गरिएको कुरा विद्यालयका सह( प्राचार्य कृष्ण लम्सालले जानकारी दिए । कार्यक्रममा विद्यार्थीहरुले साहित्यकर्मीहरुसँग सक्रिय रुपमा अन्तरक्रिया तथा भलाकुसारी गर्ने अवसर पाएका थिए ।

सोही अवसरमा विद्यार्थीहरुबाट विभिन्न सांस्कृतिक प्रस्तुति गरिएको थियो भने विद्यालयको तर्फबाट साहित्यिक पुस्तकहरु प्रर्दशन गरिएको थियो ।

विद्यालयका प्राचार्य सुरेन्द्रमानसिंह भण्डारीले आफू स्वयम् अन्तरक्रियामा जुट्दै यस्ता कार्यक्रमहरु विद्यालयको वार्षिक कार्यक्रममा प्रत्येक वर्ष समावेश गरिने कुरा उक्त कार्यक्रममा जानकारी गराए ।

विद्यालयकी शिक्षिका भारती गौतमले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालयका निर्देशक दिपक गुरुङले सबै विद्यार्थीहरुलाई कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यार्थीहरुलाई हौसला प्रदान दिएका थिए ।