‘माया बस्यो’ भन्दै आए  सुरेश र डा. एलिया सोयव (भिडियोसहित )

-



     सफल आवाज    
     असार ३ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३ असार ।  गायक सुरेश लामाको सुमधुर स्वरमा सजिएको ‘माया बस्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त गरिएको यस गीतमा शब्द र संगीत डा. एलिया सोयव र सुरेश लामाको रहेको छ। गीतलाई रिकेश गुरुङले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा एलिया र सुरेशको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  भिडियोमा पवन सुस्लिङको छायाँकन र सम्पादन रहेको छ।  निर्मल कुमार लामा ( बिजी) को निर्देशनमा भिडियो तयार पारिएको हो।

 भिडियो गायक लामाको युट्युव च्यानल ‘सुरेश लामा’ मार्फत सार्वजनिक भएको हो।  भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।  यो समाचार तयार पार्दा सम्म भिडियोलाई २ लाख बढी दर्शकले हेरेका छन् भने भिडियोमा २० हजार लाइक्स र १४ हजार बढी कमेन्ट प्राप्त भएको छ।  

डा. एलिया सोयव चर्चित पाकिस्तानी टिकटकर तथा मोडेल  हुन् । टिकटकमा एक करोड १५ लाख फलोअर्स रहेकी एलियाको स्न्यापच्याटमा एक करोड ५० लाख, इन्टाग्राममा ५ लाख, युट्युवमा एक लाख सस्क्राइबर रहेका छन् । उनी गायक सुरेश लामाको टिकटक जोडीको रुपमा  नेपाली फ्यानहरुमाझ पनि अति नै लोकप्रिय छिन् ।

अलरेस फ्यामेली टिकटक जगतकै बलियो र सृजनशील  परिवारको रुपमा चिनिन्छ । डा.  एलिया नेपाल र नेपालीलाई मनैदेखि माया  गर्छिन्।  ‘माया बस्यो’ म्युजिक भिडियोलाई हेरेर, सुनेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेका छन्।