एनएमबि लघुवित्तले बाेलायाे असार २१ मा एजिएम

-



     सफल आवाज    
     असार ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ असार । एनएमबि लघुवित्त वित्तीय संस्थाले असार २१ गते साधारण सभा डाकेकाे छ । संस्थाकाे ११ औं वार्षिक साधारण सभा होटल बाराही पोखरामा बिहान साढे ११:३० बजे डाकिएकाे छ ।

सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको चयन गर्नेछ । सभाले स्वतन्त्र सञ्चालकको र एमएबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको चयन पनि हुने भएकाे छ ।

सभाले अन्य उपयुक्त लागेका वित्तीय संस्थासँग मर्जरका लागि कार्य गर्ने अख्तियारी, प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिममेवारी सञ्चालक समितिलाई दिनेछ । साथै सभामा आर्थिक वर्ष २०७९–८० को नाफा–नोक्सान सम्बन्धी हर हिसाबका विषयमा छलफल गरीने भएकाे छ । 

सभाबाट आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेकिनेछ । संस्थाले साधाररण सभाकाे प्रयाेजनका लागि असार ७ गते बुक क्लोज गर्ने भएकाे छ । साधारण सभामा असार ६ गतेसम्म सेयर काराेबार गरी कायम भएका सेयरधनीहरुले मात्रै सहभागि हुन पाउनेछन्।