प्रधानमन्त्रीले दिए नेपाल आइडल विजेता परियारलाई गितार उपहार र बधाई

-



     सफल आवाज    
     असार १२ गते २०८१ मा प्रकाशित



काठमाडौं, १२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिए।

उक्त अवसरमा उहाँले विजेता परियारलाई गितार उपहार दिए । प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाई दिदै सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको बताए ।

सो अवसरमा प्रधानमन्त्री दाहालले साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गरे।