एसईईकाे परिक्षाफल भोलि बिहान प्रकाशित हुने

-



     सफल आवाज    
     असार १२ गते २०८१ मा प्रकाशित



काठमाडौं, १२ असार । यस बर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसईई)को परिक्षाफल भाेलि बिहान प्रकाशित हुने भएको छ । केही प्राविधिक तयारी नपुगेकाले आज सार्वजनिक गर्ने भनिएकाे नतिजा भोलि बिहिबार १० बजेभित्र सार्वजनिक गर्ने निर्णय भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन ।

आज नतिजा प्रकाशित गर्ने तयारी गरेकाे परीक्षा नियन्त्रण कार्यालयले डेमो गरिरहेकाे छ । बाेर्डकाे हस्ताक्षरसहित सबै प्रक्रया पूरा गर्दा ढिला हुने भएकाेले भोलि बिहान ७ बजे पुन: बोर्ड बैठक बसेपछि नतिजा प्रकाशित गर्ने तयारी गरिएकाे छ ।