एसईई को नतिजा सार्वजनिक, ५२.१४ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण

-



     सफल आवाज    
     असार १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बिहान सार्वजनिक भएकाे छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।

यसपटक परीक्षामा सहभागीमा विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । उनीहरुमा १८६ जनाको ४ जिपिए आएको छ । परिक्षामा सहभागि ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् ।

बाेर्डका अनुसार २२१ जना परीक्षार्थीको परिक्षा रद्द गरिएकाे छ । ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २ लाख ४२ हजार ९२ जनाकाे एनजी आएको छ ।

यो पटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको जनाएकाे छ । यसमा सैद्धान्तिकतर्फ ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल ‘नन ग्रेडेड’ (एनजी) मा रहेका छन् ।

सैद्धान्तिक ७५ पूर्णाङ्क रहेका विषयमा २७ अङ्क र आन्तरिक मूल्याङ्कनमा २५ पूर्णाङ्कमा १० अङ्क ल्याउनै पर्ने हुन्छ । १०० पूर्णाङ्कमा विद्यार्थीले ३७ अङ्क ल्याउनुपर्ने हुन्छ ।

बाेर्डका अनुसार दुई विषयमा ‘एनजी’ ल्याएकाेले एक महिनापछि हुने पूरक परीक्षामा परीक्षा दिन पाउनेछ । गत २०८० चैत १५ देखि २७ गतेसम्म एसईई परिक्षा सन्चालन गिरएकाे थियाे । परिक्षामा ४ लाख ८८ हजार परीक्षार्थी सहभागी भएका थिए । 

रिजल्ट हेर्नका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार थाहा पाउन सकिने छ। एसएमएसबाट मोबाइलको म्यासेज बक्समा SEE<space> <symbol number> टाइप गरी १६०० मा पठाउनुपर्ने छ। वेबसाइटको लागि Website: http://see.ntc.net.np मार्फत हेर्न सकिने भएकाे छ।

नतिजा तलकाे सूचनामा गएर हेर्नुहोस्