‘कमेडी च्याम्पियन ३’ को उपाधि खड्कालाई

-



     सफल आवाज    
     असार १६ गते २०८१ मा प्रकाशित



काठमाडौं, १६ असार । प्रतियोगितात्मक कार्यक्रम ‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनिल खड्काले जितेका छन् । प्रतिष्पर्धामा अन्तिम तीनमा रहेका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनी ‘च्याम्पियन’ बने।

विजेता घोषित भएसँगै उनले नगद २५ लाखसहित विभिन्न आकर्षक उपहार प्राप्त गरेका छन। प्राप्त मतको आधारमा सुनसरीका रिसभ काफ्ले दोस्रो (फस्ट रनरअप) र नवलपरासीकी सुयसा खनाल तेस्रो (सेकेण्ड रनर अप) बनिन्।

प्रतियोगिताको निर्णायकमा हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा रहेका थिए।