पप गायक विष्टको गीतमा ४० वर्षपछि ‘श्रव्यदृश्य’

-



     सफल आवाज    
     असार १६ गते २०८१ मा प्रकाशित



काठमाडौं, १६ असार । नेपाली सङ्गीतमा परिचित पप गायक ओमविक्रम विष्टले ४० वर्षअघि शब्द र सङ्गीत दिएको ‘मलाई छोडी दूर नजाउ’ गीतको श्रव्यदृश्य सामग्री आज सार्वजनिक गरिएको छ ।

पप सम्राट भनेर चिनिने गायक विष्टको उपस्थितिमा सार्वजनिक गरिएको श्रव्यदृश्यको विजयराज भूर्तेलले निर्देशन गरेका छन् । सोही कार्यक्रममा गायक शशी गुरुङको स्वरमा रहेको अर्को श्रव्यदृश्यसमेत सार्वजनिक गरियो ।

भूषण खरेलको शब्द, जेम्स प्रधानको सङ्गीत रहेको गीतको श्रव्यदृश्यमा जेम्स प्रधानको निर्देशन रहेको छ । ६७ वर्षीय गायक शशी गुरुङ ४७ वर्षदेखि सङ्गीत क्षेत्रमा संलग्न छन्। उनले करिब एक सय गीत रेकर्ड गरिसकेका छन्। उनी सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब उपरीक्षक पदबाट अवकाश हुन्।

गीतकार दिनेश अधिकारी, श्रीपुरुष ढकाल र सङ्गीतकार राजु सिंहले ६७ वर्षको उमेरमा पनि गायक शशी गुरुङको सङ्गीतप्रतिको समर्पण अनुकरणीय रहेको भन्दै प्रशंसा गरे ।