ढकालको माैलिक घाँसे भाका ‘ट्रेन्डिङ’को २७औँ स्थानमा

-



     सफल आवाज    
     असार २२ गते २०८१ मा प्रकाशित



काठमाडौं, २२ असार । गायक राजेश ढकालको मौलिक घाँसे भाकामा सार्वजनिक भएको ‘असार १५’ बोलको गीत छोटो समयमा डिजिटल बजारमा ‘ट्रेन्डिङ’को २७औँ स्थानमा रहन सफल भएको छ ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ मा जन्मिएका लोकदोहोरी गायक ढकाल दुई दशकदेखि नेपाली लोक साङ्गीतिक क्षेत्रमा छन्। उनका ‘रातो साडी पानबुट्टेचोली हे बैगुनी’, ‘दुई खोली दोभान’, ‘घरमाइत’, ‘नाची देउ छमछमी’लगायत दर्जनौँ गीत लोकप्रिय छन् ।

गतवर्ष पनि ढकालको असार विशेष मौलिक असारे घासे भाकामा ‘गैह्री खेतको रोपाइँ’ बोलको गीत चर्चामा थियो । ‘असार १५’ गीतमा गायिकाद्वय प्रतिमा अर्याल र सरु गौतमले साथ दिएकी छन् ।

गीतमा संयोजन विष्णु तामाङ, मिलन श्रेष्ठ म्युजिक भिडियो निर्देशन र भिडियो सम्पादन रोशन धितालको रहेको छ । सन्कारा डिजिटलमा उक्त गीत सागर पुनले रेकर्ड गरेका छन् भने कुमार पुनको ‘मिक्सिङ’ रहेको छ ।