मौद्रिक नीतिका सन्दर्भमा राष्ट्र बैंकलाई नाडाले दियाे यस्ताे सुझाब

-



     सफल आवाज    
     असार २६ गते २०८१ मा प्रकाशित



काठमाडौं, २६ असार । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैंक समक्ष बिद्यमान अटोमोवाइल क्षेत्रका समस्याहरुलाई अवगत गराउँदै आगामी मौद्रिक नीतिको लागि सुझाबहरू दिएको छ ।

अटोमोवाइल क्षेत्रले नेपालको जिडिपिमा महत्वपूर्ण योगदान पुर्याइरहेकाे छ । यो क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाखौं नेपालीहरुलाई रोजगार प्रदानगरी राष्ट्रिय विकासमा ठूलो भूमिका निभाउदै आएको छ ।

अटोमोवाइल सेक्टरमा आर्थिक सुस्ततासंगै अटो सेक्टरमैत्री नीतिको अभावले गर्दा सम्पूर्ण क्षेत्र नै संकटमा परिरहदा समग्र अटोमोवाइल बजारमा ६८ प्रतिशत गिरावट देखिएको छ । यो क्षेत्रले अहिले १४ प्रतिशत मात्रै GDP मा योगदान गरेको छ भने जो कुनै समयमा २१ प्रतिशत सम्मको योगदान भएको स्मरण गराएको छ ।

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले भने, “अहिले अटोमोवाइलमैत्री मौद्रिक नीतिको चरम आवश्यकता रहेको छ । विद्युतीय सवारी साधनहरुमा नीतिगत स्तरमा भएको लचकता सह्रानीय भएपनि अटोमोवाइल क्षेत्रले विद्युतीय सवारी साधन मात्र नभई समस्त अटो व्यवसायलाई समेट्दछ । जसमा ICE Vehicles, पार्ट्स, लुब्रिकेन्ट्स र टायर इत्यादी क्षेत्रहरु पनि समाबेश हुन्छ, तसर्थ यो सबै व्यवसायलाई हित हुने नीतिको आवश्यकता हुन्छ । यसमा केहि दुविधा छैनकी आगामी नीतिले यसमा सुधार ल्याएन भने स्थिति अझै भयावाह हुनेछ । व्यवसायीहरु पलायन हुनु बाहेक केहि विकल्प रहने छैन । जुन राष्ट्रिय विकाशको लागि नकारात्मक हुनेछ ।

सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले नेपाल राष्ट्रबैंक समक्ष ७ बुँदे सुझाबहरु प्रस्तुत गरेको छ ।

राष्ट्रबैंक समक्ष प्रस्तुत गरिएका नाडाका ७ बुँदे सुझाबहरु