स्क्वायर मोटर्सद्वारा पोखरामा टिभिएसको नयाँ शोरूम शुभारम्भ

-



     सफल आवाज    
     असार २६ गते २०८१ मा प्रकाशित



पोखरा, २६ असार । स्क्वायर मोटर्स प्राइभेट लिमिटेडले पोखरामा टिभिएसको नयाँ शोरूम शुभारम्भ गरेको छ ।

टिभिएस ब्राण्डका दुई पाङ्ग्रे पेट्रोल तथा विद्युतीय सवारी साधनहरुको नेपालका लागि आधिकारीक बिक्रेता जगदम्बा मोटर्स रहेको छ । कास्कीका लागि आधिकारीक बिक्रेता स्क्वायर्स मोटर्स प्रा.लि, नयाँबजार रहेको छ ।

नयाँ टिभिएस शेरुमको आज आयोजित एक समारोहबीच प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे । सो अवसरमा मेयर आचार्यले पेशामा अब्बल मानिएका युवा व्यवसायीहरुले पोखरामा बसेर शोरुम संचालनमा ल्याउनु सह्रानिय भएको बताए ।

उनले विद्युतीय सवारीलाई प्राथमिकतामा राख्न अनुरोध गर्दै पर्यावरण जोगाउने कार्यमा हालोमालो गर्न आवश्यक भएको बताए । उनले भने, तपाँईहरु आउनुस् अटोमोवाईलका बारेमा अझैं के गर्न सकिन्छ ? हामी सहकार्य गरेर अगाडी बढ्न सक्छौं ।

तपाँईहरुले यहीँ व्यवसाय गरेर विदेश जाने जो होड चलेको छ त्यसलाई कम गर्न सघाउनु भएको छ । ६०, ७० जनालाई रोजगार दिएर रोक्ने मात्रै होईन उनीहरुको परिवारको रोजिरोटी पनि चलेको छ । यो चेतमा सबैमा हुन जरुरी छ मेयर आचार्यले भने ।

स्क्वायर मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कूटरकाे आवश्यकता पूरा गर्ने उद्देश्य रहेकाे अध्यक्ष आदर्शमान श्रेष्ठले बताए । उनले शोरुमबाट विभिन्न टिभिएस मोडेलका स्कुटर तथा मोटरसाइकल उपलब्ध गराइने जानकारी दिए ।

उनका अनुसार टिभिएस सवारी साधनहरूको प्रदर्शनसँगै, शोरूमले स्पेयर पार्ट्स र सवारी साधनको मर्मतसम्भार लगायतका सेवाहरू प्रदान गरिनेछ ।

स्क्वायर मोर्टसले पोखराको नयाँ बजारमा सुबिधा संम्पन्न शोरुम स्थापनासंगै स्पेयर पार्ट्स र सवारी साधन मर्मतका लागि पोखराको पर्स्याङ्गमा सर्भिस सेन्टर स्थापना गरेको कम्पनीका कार्यकारी निर्देशक बिनोज पोटेले जानकारी दिए । उनले पोखरामा टिभिएसका उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टिभिएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जाल रहेको कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ ।

गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणले टिभिएस नेपालमा सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित भएको छ ।