नाडा अटो शो २०२४ आजदेखि काठमाडौंमा आयोजना हुदैं

-



     सफल आवाज    
     भाद्र ११ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ११ भदाै । सवारीसाधनहरूको बिशेष मेला नाडा अटो शो २०२४ आजदेखी राजधानी काठमाडौंमा आयोजना हुने भएकाे छ ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले हरेक वर्ष आयोजना गर्ने उक्त मेलामा यसपटक विद्युतिय गाडीको बाहुल्यता रहेको बताइएकाे छ। ६ दिनसम्म चल्ने उक्त मेलाको सम्पुर्ण तयारी सकिएकाे समेत छ ।

बजारमा अहिले ईभीकै बर्चश्व भइरहेकाे बेला सहभागी ब्राण्डहरु ईभी ब्राण्ड नैअत्याधिक छन् । केही कम्पनीले ईभीसंगै पेट्रोलियम कारलाई समेत प्रदर्शन गर्ने तयारी गरेका छन् । कार सेगमेन्टमा सुजुकी बाहेक अन्य सबै ब्राण्डसंग ईभी मोडल हुने बताइएकाे छ ।

मोटरसाइकलमा पनि ईभी ब्रान्डकै बर्चश्व रहेकाे छ । कमर्शियल भेइकलमा पनि ईभीको मात्रै सहभागिता हुने र बिभिन्न ब्रान्डका टायर, लुब्रिकेन्ट्स, ब्याट्री, स्पेयर पार्ट्स एबं कम्पोनेन्ट्स र बैंक तथा वित्तिय संस्थाहरुको सहभागिता निकै उत्साहजनक रहेकाे नाडाले जनाएकाे छ ।

मेलामा सहभागी हुने ब्राण्डको संख्या बढ्दै जाने तर मेलास्थल उहि पुरानै हुँदा स्थानको व्यवस्थापन निकै चुनौतीपूर्ण हुने गरेको छ। तर यसपटक हामीले प्रदर्शनी हलसंगै रहेको गार्डेनलाई समेत प्रयोगमा ल्याइएकाे छ ।

जसका कारण मेलास्थल पहिलेभन्दा व्यवस्थित हुनेछ । मेलालाई भब्य र व्यवस्थित बनाउन पार्किङमा बिशेष ध्यान दिएकाे र दर्शकको सुरक्षा र सहजताका लागि पनि विशेष व्यवस्था मिलाएकाे आयाेजक संस्थाले जनाएकाे छ।