कुमुदिनीद्वारा उत्कृष्टता हासिल गरेका विद्यार्थी आचार्य र गुरुङलाई वधाई

-



     सफल आवाज    
     भाद्र १८ गते २०८१ मा प्रकाशित



पोखरा, १८ भदौ । हामी कहिल्यै आत्तिने र हड्बडाउने गरेका छैनौं । कसरी हुन्छ सधैं उत्कृष्टता हासिल गर्ने हाम्रो लक्ष्य रहेको छ ।

कुनै समयमा एसएलसीमा बोर्ड टप गर्नेहरुको लिष्टमा परेको विद्यालय पनि हो कुमुदिनी । हामीले बिगतलाई पनि भुलेका छैनौ । उ बेलाको साखलाई जोगाउँदै, अध्ययन अध्यापनमा नविनतम विधिहरुको प्रयोग गर्दै असल विद्यार्थी उत्पादन गर्नुमा नै ध्यान केन्द्रित गरेका छौं ।

मंगलबार पोखरा महानगरपालिका वडा नं गैह्रापाटनमा रहेको कुमुदिनी होम्समा आयोजना गरिएको एमबीबीएस अध्ययनका लागि नाम निकाल्न सफल भएका विद्यार्थीको वधाई ज्ञापन कार्यक्रममा संस्थापक अध्यक्ष अशोक पालिखेले भने, हाम्रा मेधावी विद्यार्थीको उत्कृष्ट नतिजाले गौरवान्वित भएका छौं ।

२०८० को एसइइमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी आदित्य आचार्य र विशाल गुरुङलाई विद्यालयले वधाई ज्ञापन गरेकाे हाे । उनीहरुमा आचार्यले चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको इन्ट्रान्स परिक्षामा १० औं स्थानमा नाम निकालेर निःशुल्क अध्ययन गरिरहेका छन् ।

उता विशाल गुरुङले गण्डकी बोर्डिङको इन्जिनियरिङ नाम निकाल्न सफल भएका छन् यसमा हामी विद्यालय परिवार निकै खुसि भएका छौं, पालिखेले भने ।

जिसिइएसमा करिब ४ सय विद्यार्थीबीचको परिक्षामा आदित्यले १ नं मा नाम निकालेका थिए । विशाल २६ औं नंबरमा थिए ।

हामीलाई के मा खुसि लाग्छ भने विद्यार्थीले ४ जिपिए ल्याउदैमा पनि नहुने रहेछ । हाम्रा विद्यार्थी त्यसको नजिक नजिक थिए र पनि अन्ततः उत्कृष्टता हासिल गरे ।

विसं २०७७, ७८, ७९ र ८० मा गरी २० जना विद्यार्थीले अहिले टियू, पियू, जापान र अमेरिकामा स्कलसिपमा नाम निकालेर अध्ययन गरिरहेका पालिखेले जानकारी दिए ।

कार्यक्रममा उनले अभिभावक, शिक्षक तथा विद्यार्थी सबैलाई आभार व्यक्त गरे ।