पोखरा, १९ भदौ । पोखरा वडा नं ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयले प्राईमरी लेवलका विद्यार्थीबीच खुल्ला नृत्य प्रतियोता सम्पन्न गरेको छ ।
प्रतियोगितामा कक्षा २ सी की काभ्या गुरुङ प्रथम भएकी छन् । कक्षा १ ए का एड्रिन पोखरेल दितिय भएका छन् भने कक्षा ५ ए का गृहना गुरुङ, प्राग्ना कोईराला, तमन्ना पुन र मान्यता श्रेष्ठ तेश्रो हुन सफल भएका छन् ।
प्रतियोगितामा कक्षा १ देखि कक्षा ५ सम्मका ६२ विद्यार्थी एकल तथा समूहगत रुपमा भाग लिएका थिए । बिहिबार कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीबीच सांगीतिक प्रतिष्पर्धा हुने सुरेन्द्र सदिक्षाले जानकारी दिए ।
कार्यक्रमको अध्यक्षता प्राईमरी इन्चार्ज कुशुम गुरुङले गरेकी थिईन। संचालन विद्यार्थी एरोन गुरुङ र प्रनीता गिरी कक्षा ५ र कार्यक्रम संयोजक सजीना गुरुङ रहेकी थिईन।