
काठमाडौं, २६ मंसिर। नेपालका लागि आईफोनको आधिकारीक बिक्रेता जोय स्टोर र गरिमा विकास बैंक लिमिटेडबीच सम्झौता भएको छ।
नेपालामा आईफोन निर्माता कम्पनी एप्पल ब्रान्डका उत्पादन खरिदबिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो ।
उक्त सम्झौतामा जोय स्टोरका तर्फबाट प्रबन्ध निर्देशक गुरु शर्मा र गरिमा विकास बैंक लिमिटेडका तर्फबाट पुतलीसडकका शाखा प्रबन्धक सुजित नेपालले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार नेपालको आईफोनको आधिकारीक बिक्रेता जोय स्टोरबाट एप्पलका सामान खरिदमा गरिमा विकास बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरुले २० प्रतिशतसम्म छुट पाउने बताइएकाे छ।
आफ्ना कर्मचारी तथा ग्राहकहरुलाई एप्पलका गुणस्तरीय उत्पादन उपलब्ध गराउन एप्पलको आधिकारीक विक्रेता जोय स्टोरसँग सम्झौता गरिएको गरिमा विकास बैंक लिमिटेडका शाखा प्रबन्धक सुजित नेपालले जानकारी दिए ।
‘हाम्रो उद्देश्य भनेको आफ्ना ग्राहकहरुलाई गुणस्तरीय वस्तु तथा सेवा प्रदान गर्नु हो,’ उनले भने, ‘सोही अनुरुप हामीले कर्मचारी तथा ग्राहकलाई सामान खरिदका छुटको व्यवस्था सहित एप्पलका गुणस्तरीय उत्पादन उपलब्ध गराउन आधिकारीक बिक्रेता जोय स्टोरसँग सम्झौता गरेका हौं ।’
उक्त छुटका लागि बैंकका कर्मचारीले गरिमा विकास बैंक लिमिटेडको परिचय पत्र र ग्राहकले गरिमा विकास बैंक लिमिटेडको Debit cards, Credit cards तथा mobile Banking बाट या गरिमा विकास बैंक लिमिटेडले प्रदान गरेको अन्य कुनै payment माध्यमबाट रकम भुक्तानी गर्नुपर्ने हुन्छ ,’ उनले भने, ‘सोही आधारमा जोय स्टोरले छुटमा एप्पलमा सामान उपलब्ध गराउने छ ।’








खोटाङ, ६ मङ्सिर। शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’…
काठमाडौं, ६ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय…
काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।… 




