कांग्रेसकाे बिरासत बोकेको कास्की क्षेत्र नं १ अशक्त र दुषित (विचार)

-



     सफल आवाज    
     माघ १५ गते २०८१ मा प्रकाशित



२०७९ को चुनाबमा स्थानीय निकायमा नियमानुसार रुपा गाउँपालिकाको उमेदवार टुङ्गियो तर पार्टीका सह-महामन्त्री जीवन परियारलाई कता के को प्रभाब पर्यो, केन्द्रबाटै उम्मेदवार संशाेधन गरेर पठाए । संविधान र पछिल्लो आन्दोलनको कलस्टर, जातजाती र समानुपातिक उप्लब्धिको चरम फाईदा लिनेमा कास्कीका जीवन परियार र उनको पुरा परिवार पर्दछ ।

कास्कीका विभिन्न स्थानीय निकायमा स्थानीय पार्टीका नेता र कार्यकर्ताले टुङ्गाएको उम्मेदवार बिभिन्न प्रलोभनमा परी हेरफेर गर्ने गराउने काम ऊनीबाट भईरहन्छ । २०८१ माघ ५ गते नेपाली काँग्रेसका सभापति पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले प्रदेश समन्वय बिभागमा नेपाली कॉंग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण बहादुर के.सी.लाई विभागको १ नम्बर राखि सदस्य मनोनयन गरेको पत्र सामजिक संजालमा देखियो ।

तर त्यसको २ घण्टा नबित्दै निर्णय परिमार्जित भएको पत्र पनि आयो । प्रदेश समन्वय विभागमा किन नियुक्ति गरियो र किन हटाईयो ? भन्ने बिषयमा कास्कीमा यति बेला चर्चाको विषय बनीरहेको छ । कास्की कॉंग्रेसमा यो नौलो बिषय भने हैन, सधैजसो अन्तिम समयमा यस्तै हुने गरेको छ । २०७४ को चुनावमा पोखरा महानगरको मेयर/ प्रदेश सांसदको टिकट कन्फर्म गरेर पोखरा हिडेका नरेशशंकर पालिखेको नाम अन्तिम समयमा हटाएर बिन्दु थापालाई टिकट दिएपछि नरेशले कांग्रेस पार्टी नै छोडे जुन कुरा गम्भीर छ ।

पटक पटक कार्याकर्ताको बुई चडेर चुनाव जितेका यज्ञ बहादुर थापा मन्त्रीसम्म भए तर कास्कीमा सिन्कोसम्म भाँचेनन् । उल्टो भागबन्डामा उम्मेदवार बार्गेनिङ गर्ने प्रत्यासी उमेदवारहरु उचाल्ने उनकै गाडी-घोडा प्रयोग गर्ने आर्थिक भार थप्ने गर्छन् । उपमेयर प्रत्यासी कोपिला रानाभाटको श्रोत साधन प्रयोग गरे तर उनकै वडा पोखरा -२६ मै वडा अध्यक्षले पाएको मत उनलाई आएन आखिर किन हराए ?

कास्की १ का जनता र कांग्रेसले दु:ख र धोका पाएको साथै उनी मान्छे उचाल्ने र पछार्नेमा १ नम्बरमा रहेको बताउछन्। लामो समय करार (पेन्सन अयोग्य) शिक्षण पेशा र कॉंग्रेसका विभिन्न पेशागत संस्थामा बसी स्वयं आफै कार्यरत संस्था कमजोर बनाउने भद्रकाली स्कुलको अख्तियारमा भ्रस्टाचार मुद्दाले डामेर जागिरबाट अपदस्थ, लाभको पद लिएर केन्द्रीय नेताको बुई चडी गत निर्वाचनमा टिकट ल्याएर गठबन्धन हुँदाहुँदै पनि लज्जासपद हार व्यहोरेका कास्की काँग्रेस सभापती किशोरदत्त बरालले ९ सिट रहेको कास्कीमा भागबन्डामा आफुलाई मात्रै केन्द्रित गरेर कास्कीलाई ३ सिट मै भागबन्डामा सिमित गरे ।

पालिकाहरुको टिकट बितरणमा आर्थिक चलखेल गरेर कांग्रेसलाई कमजोर बनाई व्यक्तिगत गुट संचालन गरीरहेका बरालले एक पक्ष टोलीलाई पाखा लगाउने तथा कार्यकर्ताको दु:ख सुखमा साथ दिने संरक्षण गर्ने भन्दा व्यक्तिगत फाइदामा अगाडी रहेको कार्यकर्ताले भनि रहेका छन्।

भातृ संस्थाको बेहाल स्थिति देखी अन्य शुभेच्छूक संस्थाहरूसंगको समन्वयकारी भूमिकामा कमजोर देखिएका बराल जनताको माझ अलोकप्रिय र जान नसक्ने देखी बन्द कोठाभित्र बसेर फेसबुके भिडियो र स्टाटस मै मख्ख देख्दा आम कांग्रेसी शुभचिन्तक दुखी छन् ! आफू हुँदा ठिक र अरु हुँदा खुट्टा तान्ने प्रबृतिले कास्की छेत्र नम्बर १ कॉंग्रेस दिन प्रतिदिन कमजोर बन्दै गईरहेको छ । सामाजिक संजालमा देखिईरहेको छ । यसबाट समग्र कास्की काँग्रेसलाई अपुरणीय क्षति हुने देखएको छ । (सागर रानाभाट, लेखक-नेबि.संघ केन्द्रिय सदस्य हुन )