बीमा अभिकर्ता पेशामा सफल बन्दै रिलायवल लाइफकी बिष्णु कुमारी कुँवर

-



     सफल आवाज    
     फागुन २ गते २०८१ मा प्रकाशित



पाेखरा, २ फागुन। बिगत ७ बर्ष देखी बीमा क्षेत्रमा अनवरत रुपमा लागेकी बिष्णु कुमारी कुँवर एक सफल बीमा अभिकर्ताका रुपमा स्थापित भएकी छिन्। बीमा क्षेत्रमा प्रवेश गर्नुभन्दा अगाडी उनी फेन्सी ब्यवसाय संचालन गर्दै आइरहेकी थिईन्।

उनका श्रीमान मनोज चौलागाँई त्यससमय बैदेशिक रोजगारीका क्रममा कतारमा थिए । बिहान सबेरै देखि साँझ अबेरसम्म खटिएर संचालन गर्नुपर्ने फेन्सी ब्यवसायमा अत्याधिक समय र मेहनत खर्च गर्दा पनि भनेजस्तो सफलता हात नलागेपछि आप्नो र पविारको भविष्य सुनिश्चित गर्न उनी बीमातर्फ आकर्षित भईन् ।

बि.स २०७१ सालतिर नै अभिकर्ता कोड लिएर औपचारिक रुपमा बीमा क्षेत्रको यात्रा सुरु गरेतापनी २०७६ सालमा मात्रै रिलायवल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको नारायणगढ शाखामा तत्कालिन कार्यरत कर्मचारी राजकुमार दाहालसंगको भेटपछि उनको इच्छाशक्तिमा थप बल पुग्यो ।

त्यस समय राजकुमार दाहाल बीमा क्षेत्रमा आप्नो छुट्टै पहिचान बनाउन सफल भइसकेका थिए । सुस्ताउँदो बिष्णु कुमारीको बीमा अभिकर्ता ब्यवसायमा उनै राजकुमारले उर्जा थपिदिए । बीमाका केहि अचुक शुत्रहरु आफुले उँहाबाट नै सिक्ने अवसर पाएको उनले बताईन् ।

रिलायवल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड त्यस समयको बीमा बजारमा उत्कृष्ट ब्यवसायका साथ उदाँउदो क्रममा रहेको थियो । वित्तीय क्षेत्रमा ख्यातीप्राप्त लगानीकर्ता, अनुभवी ब्यवस्थापक तथा कुशल नेतृत्वका साथमा बिभिन्न लोकप्रिय बीमा योजनाहरु बीमा बजारमा प्रस्तुत गर्दै गईरहेको उक्त कम्पनीको सारथीको रुपमा उनले आफुलाई उभ्याउँदै गईन्।

त्यसको दोस्रो बर्ष आ.व.२०७७÷७८ मा समेत उत्कृष्ट ब्यवसाय गर्दै उनी सिनियर एजेन्सी म्यानेजर बन्न सफल भईन् । बीमा क्षेत्रमा उज्वल भविष्य र बृहत सम्भावना देखेकी उनले बैदेशिक रोजगारीमा रहेका आफ्ना श्रीमानलाई समेत स्वदेश फिर्ता बोलाई सोही पेशामा आवद्ध हुन उत्प्रेरित गराईन् । त्यसयता दम्पत्ती नै सक्रिय रहि यस क्षेत्रमा लागेकोमा आ.व.२०७८÷७९ मा दुबैजना १ करोड भन्दा माथीको सर्वोकृष्ट ब्यवासायका साथ करोडपती क्लबमा छनोट हुन सफल भयाे।

क्रमशः आ.व.२०७९÷८० र २०८०÷८१ मा समेत सोही लय कायम राख्दै दुबैजना करोडपति क्लबमा छनौट भए । बि.सं. २०४७÷०२÷१८ गते पर्वत जिल्लाको थापाठाना–९ मा जन्मिएकी उनले आफ्नो प्रारम्भिक शिक्षा पर्वतमा नै पुरा गरिन, त्यसपश्चातको प्रविणतापत्र तहको अध्ययन उनले चितवन जिल्लाकै सप्तगण्डकी क्याम्पसबाट पुरा गरेकी हुन्।

“चितवनको भरतपुर महानगरपालिका वडा नं.११ मा स्थायी ठेगाना भएका मनोज चौलागाँईसँग बैवाहिक सम्बन्धमा गाँसिएको केही समयपश्चात अतिरिक्त समयको सदुपयोग गर्दै स्वरोजगार हुने उदेश्यले फेन्सी ब्यवसायमा लागेको र सोही ब्यवसायमा रहँदा भएको चिनजान तथा आफन्तहरुको राम्रो सहयोगका कारण नै बीमा अभिबर्ता ब्यवसायमा सहयोग पुगेको उनी बताउँछीन्।”

वित्तीय क्षेत्रको राम्रो ज्ञान, नरम र मिठास बोल्ने शैली, अत्यन्तै मिलनसार स्वभाव तथा बीमा सम्बन्धि थुप्रै तालिम, गोष्ठि र सेमिनारमा सहभागी भएकी उनले बीमा अभिकर्ताका रुपमा काम गर्दा आउने अनेकौं बाधाहरुको सामना गर्दै उच्च मनोवलका साथ आफ्नो सफलताको यात्रा अगाडी बढाईरहेकी छिन्।

हाल थुप्रै ब्यवसायिक बीमा कम्पनीहरु बिच निकै प्रतिस्पर्धात्मक ब्यवसाय रहेको र उक्त प्रतिस्पर्धात्मक ब्यवसायका कारण नै थप जोसका साथ यस पेशामा लाग्ने उर्जा मिलेको उनी बताउँछीन्। आम नागरिकले आधारभुत आवश्यकताको सूचिमा हाल बीमालाई समेत राखेर हेर्न थालेको र भविष्यमा समेत नागरिकको सेवाका लागी बीमा सचेतना आफुले सकेजती बढाउदै लैजाने तथा बीमा क्षेत्रको फराकिलो दायरालाई बृद्धि गर्दै अगाडी बढने समेत उनले थपिन्।

संवादको अन्त्यमा, आम नागरिकहरुलाई ब्यवसायिक बीमा अभिकर्ताहरुसँग मात्र जीबन बीमा गराइ आफु र आफ्ना परिवारको जोखिम रक्षावरण गर्न आग्रह गर्दै उनको यस ब्यवसायिक सफलतामा साथ र सहयोग गर्नुहुने बीमित महानुभावहरु, परिवार तथा आफन्तजनहरु र बीमक कम्पनी रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई समेत धन्यवाद ब्यक्त्त गरिन्।