
इलाम, १४ चैत । सूर्योदय–१ मकरजुङका ९३ वर्षीय तुलसीराम अधिकारीलाई आँगन छेउको बाटो कालोपत्र भइरहेको देख्दा सपना जस्तै लागिरहेको छ । सडक छेउमा उभिएर स्तरोन्नति भइरहेको सडक नियाल्दै अधिकारीले भने, “हाम्रो गाउँको बाटो यतिको काइदा हुन्छ भन्ने कल्पना पनि थिएन ।
सपना हो कि विपना हो जस्तो लागिरहेको छ ।” उनीमात्र होइन हिलो, धुलो र खाल्डाखुल्डीले आजित भएका यहाँका सबैजसो नागरिक स्थानीय सरकारले सडक स्तरोन्नति हुन थालेपछि उत्साहित देखिएका छन् । सूर्योदय नगरपालिकाका प्रत्येक वडामा एक–एकवटा ‘अल वेदर’ सडक छन् ।
वडाका सबै गाउँमा जोडिने बाह्रमासै सञ्चालन हुने ‘अल वेदर रोड’ लाई प्राथमिकतामा राखेर स्तरोन्नति सुरु गरेको नगरपालिकाले यतिबेला ती सडक कालोपत्रको चरणमा पु¥याएको छ । गाउँमा सडक धमाधम कालोपत्र हुन थालेका छन् । सूर्योदय नगरपालिकामा १३ दशमलव पाँच किलोमिटर सडक कालोपत्र, ८३ दशमलव आठ किलोमिटर ग्राभेल र ६६८ दशमलव ९३ किलोमिटर माटेबाटो गरी यहाँ ३३३ वटा स्थानीय सडक रहेका छन् ।
ती सडकलाई ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ मा वर्गीकरण गरिएको नगरपालिकाका सिभिल इञ्जिनियर कविन सापकोटाले बताए। उहाँका अनुसार नगरपालिकाभित्र स्ट्राटेजिक रोड नेटवर्क (एसआरएन) अन्तर्गतका ठूला तीन सडक छन् । यसमा मेची राजमार्ग, फिक्कल–पशुपतिनगर र छिपिटार–श्रीअन्तु सडकको कालोपत्र ४८ दशमलव २० किलोमिटर, ग्राभल दुई दशमलव ४५ किलोमिटर र माटेबाटो दुई दशमलव ४१ किलोमिटर पर्छ ।
सूर्योदयमा ‘डिस्ट्रिक्ट रोड केयर नेटवर्क’ (डिआरसिएन) अन्तर्गत १० दशमलव ८३ किलोमिटर कालोपत्र, १६ दशमलव १२ किलोमिटर ग्राभल र ३६ दशमलव ५६ किलोमिटर माटेबाटो रहेका छन् । नगरपालिकाले आफ्नो नगरभित्रका सडकलाई १२ महिना सवारीसाधन सञ्चालन गर्ने गरी निर्माण गर्ने योजनाअनुसार चार वर्षअघि नगरस्तरीय सडक सञ्जाल गुरुयोजना बनाएको थियो । गुरुयोजनाअनुसार २८ वर्षमा नगरभित्रका सडक निर्माण भइसक्ने उल्लेख छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




