कुमुदिनीमा मा.वि.स्तरीय अंग्रेजी वक्तृत्वकला सम्पन्न

-



     सफल आवाज    
     वैशाख २३ गते २०८२ मा प्रकाशित



पाेखरा, २३ वैशाख । पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा मंगलवार वार्षिक कार्यतालिकाअनुसार अतिरिक्त क्रियाकलाप अन्तर्गत माध्यमिक तह (कक्षा ९,१०) स्तरीय खुला अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

माध्यमिक तह गणित विषय शिक्षक मनबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतियोगी विद्यार्थीहरूले “दक्ष जनशक्ति स्वदेशमा नै रोक्नका लागि सरकारको भूमिका” शीर्षकमा आ-आफ्ना विचार व्यक्त गरे ।

प्रतियोगितामा कक्षा १० (ख) का सक्षम गैह्रे प्रथम, कक्षा ९ (ग) की दिव्या आचार्य द्वितीय , कक्षा ९ (क) की आभना सिंह विश्वकर्मा  तृतीय  र कक्षा ९(क) की रिम्सा श्रेष्ठले सान्त्वना स्थान हाँसिल गरेका छन् ।

विद्यार्थीहरू निशा छन्त्याल र युनिका ज्वारचनले सञ्चालन गरेको कार्यक्रममा शिक्षकहरू अभिशेक विश्वकर्मा, अनुपमणी अधिकारी र सन्तोष ढकालले निर्णायकको भूमिका निभाएका थिए।

प्रतियोगितामा कक्षा ९ र १० का करिब ३ दर्जन विद्यार्थीहरूले सहभागिता जनाएका कुरा शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए ।